बेष्ट फाइनान्सको २३औं बार्षिक साधारणसभा

काठमाडौं ।

बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २३ औं बार्षिक साधारणसभा बिहिबार काठमाडौंमा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष अमिरध्वज प्रधानको सभापतित्वमा सम्पन्न सभाले आ.ब.२०७५÷०७६ को संचालक समितिको प्रतिवेदन तथा बार्षिक वित्तीय विवरण माथि छलफल गरि पारित गरेको बताइएको छ ।

आ.ब.२०७६÷०७७ का लागि लेखापरिक्षकको नियूक्ती गर्नूका साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नु हूने संचालकहरु क्रमशःअमिरध्वज प्रधान र दिपक ढकालको बांकी कार्यकालको नियूक्तीलाई समेत अनूमोदन गरिएको प्रमूख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

jutta mela

साधारणासभामा शेयरधनी महानूभावहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ तथा जानकारी संस्थाका अध्यक्ष अमिरध्वज प्रधान र संस्थाको भावी योजना सम्बन्धमा प्रमूख कार्यकारी अधिकृत तोयराज अधिकारीले प्रष्ट पारेका थिए ।

You might also like

Comments are closed.