काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादी काठमाडांैमा सम्पन्न सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आ ब २०७९/२०८० को बार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ ।
सभाले फाइनान्समा रिक्त रहेको संचालक पदमा बाँकी कार्यकालका लागि २ जनालाई नियुक्त गरेको जनाएको छ । सभाबाट अनुमोदित संचालकमा रामजी गौतम र बौद्धराज अर्याल रहेका छन् । सभामा संस्थाको शेयर स्वामित्वमा संस्थापक र सर्वसाधारण समूहको शेयर प्रतिशत संशोधन, प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिएको बताइएको छ ।
यस वित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग एक आपसमा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी कार्य गर्न, चल अचल सम्पति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कन नियुक्त गर्न, निजको पारिश्रमीक तोक्न लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
साथै वित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासंग एक आपसमा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पति र दायित्व मुल्याँकन गर्नका लागि मान्यता प्राप्त मुल्याँकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमीक तोक्न लगायत मर्जर सम्बन्धि प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
Comments are closed.