बेष्ट फाईनान्सको न्युरोड शाखा स्थानान्तरण

काठमाडौं । बेष्ट फाईनान्स कम्पनी लिमिटेडले काठमाडौं महानगरपालिका २२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । फाईनान्सले सोही वडाको न्युरोड, पिपलवोट स्थित रमा गृह भवनमा भदौ ९ गते बुधवार उक्त शाखा स्थानान्तरण गरी कार्यालय संचालन गरेको हो ।

नयाँ शाखा कार्यालयको संस्थाका संचालक समितिका महिला संचालक सुशिला खनाल तथा नेपाल सुनचांदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्त रुपमा उदघाटन गरेका थिए ।
कार्यक्रममा न्युरोड क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु तथा संस्थाका पूर्व पदाधिकारी एव स्थानीय जनप्रतिनीधिको उल्लेखिय उपस्थिति रहेको थियो ।

नेपालको ४ वटा पुरानो फाईनान्स कम्पनीहरु मर्ज भई बनेको यस वेष्ट फाईनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत आफनो सेवा दिदै आएको छ । संस्थाको प्रधान कार्यालय कमलादी काठमाडौंमा रहेको छ ।

संस्थावाट हाल डिजिटल बैकिङ सेवा लगायत नेपाल राष्ट्र बैकको निति बमोजिम विभिन्न बचत योजना सहित सहुलियत कर्जाहरु समेत प्रदान गर्दै आएको फाइनान्स स्रोतले जनाएको छ ।

You might also like

Comments are closed.