काठमाडौं । साधारण शेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन) पनि जोडिने भएको छ । सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।
बिएफआइएनले आज एनआइसी एशिया क्यापिट लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धकको नियुक्तिसँगै शेयर बिक्री गर्ने घोषणा गरिएको हो ।
कम्पनीले रु १०० अङ्कित मूल्यमा ५५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।
Comments are closed.