भद्रकाली बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा सिग्देल

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा माधवप्रसाद सिग्देल चयन भएका छन् । क्याम्पसको १३औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले संचालक समितिको अध्यक्षमा सिग्देललाई चयन गरेको हो ।

शनिवार भएको अधिवेशनमा समितिको सदस्यहरुमा क्रमश जयप्रसाद सापकोटा, शोभाकान्त सिग्देल, विष्णु कार्की, बलराम वराल, भीमप्रसाद न्यौपाने र प्रदिपकुमार लम्साल रहेका छन् ।

भद्रकाली बहुमुखी क्याम्पस संचालक समितिका संस्थापक अध्यक्ष विश्वप्रकाश सिग्देलले अधिवेशनको उद्घाटन गर्दै क्याम्पसका प्राध्यापकहरुको सिनेटरमा रुची बढेकोले सबैको अपनत्व बढ्दै गएको भन्दै प्रशंसा गरे ।

क्याम्पसमा गुणात्मक शिक्षाको लागि आफू सदैव तयार रहेको संस्थापक अध्यक्ष सिग्देलले बताए । त्यस्तै, वडा नं १३ का वडा अध्यक्ष किरण वरालले आफ्नो कार्यकालभित्र जसरी पनि क्याम्पसका लागि जग्गा खोजी गरि भौतिक निर्माणको सुरुवात गर्ने प्रतिवद्धता जनाए ।

भद्रकाली बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष बजिरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रा.तारा वराल, भद्रकाली मावि व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर कार्की, सिनेटरको तर्फबाट रामगोपाल ढेवाजु, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, भद्रकाली बहुमुखी क्याम्पसका प्रमुख नवराज रेग्मी, भद्रकाली माविका प्रधानाध्यापक राजेन्द्र भण्डारी, भद्रकाली बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति लोकचन्द्र खनाल, आमा समुहको तर्फबाट सत्यदेवी आमा समुहका अध्यक्ष जमुनादेवी श्रेष्ठलगायतले बोलेका थिए ।

कार्यक्रममा क्याम्पस संचालक समितिका सदस्य शरदकान्त सिग्देलले स्वागत र क्याम्पसका सहायका प्रमुख नारायणप्रसाद सापकोटाले कार्यक्रमको संचालन गरेका थिए ।

You might also like

Comments are closed.