काठमाडौं । भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२४ फेब्रुअरी १ देखि ३ सम्म हुने भएको छ । भारतको नयाँदिल्लीस्थित प्रगतिमैदानमा हुने एक्स्पोमा नेपालबाट नाडाको टोलीसमेत सहभागी हुने भएको छ ।
नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती (सुरेश) र कोषाध्यक्ष मिलनबाबु मल्ल एक्स्पोमा सहभागी हुने भएका छन् ।
एक्स्पोको आयोजक सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआइएएम) कोे निमन्त्रणामा नाडा टोली एक्स्पोमा सहभागी हुन भारत प्रस्थान गरेका हुन् ।
एक्स्पोको अवसरमा अन्तर्राष्ट्रिय कन्फरेन्ससमेत हुनेछ । जहाँ नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालको अटोमोबाइल क्षेत्रमा केन्द्रित रहेर आफ्नोे प्रस्तुति राख्नेछन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम छ ।
Comments are closed.