भाटभटेनीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक पाइने

काठमाडौं । भाट भटेनी सुपरमार्केटले नेपालपे क्यूआरबाट भक्तानी गर्दा १० प्रतिशत क्यासब्याक अफर ल्याएको छ ।

अब  सुपरमार्केटका ग्राहकले नेपाल पे क्युआर स्कान गरी भक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० ) रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

भाट-भटेनीमा नेपालपे क्यूआरको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको छ ।

jutta mela

चाडपर्वको समयमा देशको सबै भन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको कम्पनीले जनाएको छ ।

भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट एपको क्यूआर स्क्यान स्क्रिनमा नेपालपेको लोगो रहेको यकिन गर्नुपर्ने कम्पनीले जनाएको छ ।क्यासब्याक अफर नेपाल भरीका भाटभटेनीका शाखाहरूमा असोज ९ देखि २२ गतेसम्म उपलब्ध हुने कम्पनीले बताएको छ ।

हाल नेपालपे क्यूआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेलपे, मोरू, कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने छ ।

You might also like

Comments are closed.