बालबालिकालाई व्यवहारिक शिक्षा दिँदै आएका छौं

भवानी अधिकारी, प्रिन्सिपल, एन्जल्स मन्टेश्वरी

एन्जल्स मन्टेश्वरी २०६६ साल भदौ १ गतेबाट सञ्चालनमा छ । पूर्णत् मन्टेश्वरी विधिमा बालबालिकाहरुको चौतर्फि विकास हुने हेतुले स्थापना भएको वडा नं. ७ को पहिलो मन्टेश्वरी पनि हो हाम्रो । त्यतीखेरसम्म यहाँ अन्य मन्टेश्वरीहरु थिएन् । अहिले त अन्य मन्टेश्वरीहरु पनि छन् ।

सबै भन्दा पहिलो कुरा हामीले आफ्नै भवनमा मन्टेश्वरी संचालन गरेका छौं । दोस्रो कुरा एकदमै शान्त ठाउँमा स्थापित छ । हाम्रो उद्देश्य भनेको जुनसुकै ठाउँबाट आउने बच्चाहरुलाई पनि परिवर्तन गरेर पठाउन सक्छौं । हाम्रा बालबालिकालाई बढाउने कुरा त छदैछ यसका अलवा व्यवहारिक शिक्षा पनि दिँदै आएका छौं ।

बालबालिकाहरुलाई हामीले खाना, खाजाहरु आफैले उत्पादन गरेका अर्गानिक मात्रै खुवाउँछौं । दूध पनि हामीले आफ्नो फार्मबाट ल्याएर खुवाउँछौं । हाम्रो मन्टेश्वरी युकेजीसम्म मात्रै संचालित छ । अहिले हामीसँग ६३ जना बलाबालिका हुनुहुन्छ । हामीले सीमित सिटमा मात्रै भर्ना लिने गरेका छौं । मन्टेश्वरीमा पढ्ने बालबालिकाको लागि सबैभन्दा पहिलो कुरा केयर नै हो ।

केयर पछि मात्रै पढाइ सेकेन्डरी कुरा भयो । बच्चाले स्कूलको टिचर, आयालाई आफ्नो मम्मी जस्तै ठान्ने माहोल बनाउनु पर्यो । त्यो गर्न सक्यो भने मात्रै बच्चाको स्कूलसँगको अटेचमेन्ट बढ्छ । जब बच्चाहरुले यो सबै कुराको महसुस स्कूलमा गर्न पाउँछन् अनि बल्ल उनिहरुलाई घरभन्दा प्यारो स्कूल हुन थाल्छ । आफ्ना बालबालिका मन्टेश्वरी पठाउँदा अभिभावकले यी सबै कुराहरुको ख्याल गर्नुपर्दछ ।

(बसन्त पञ्चमीका अवसरमा एन्जल्स मन्टेश्वरीका प्रिन्सिपल भवानी अधिकारीसँग गरिएको कुराकानीमा आधारित)

lcci
You might also like

Comments are closed.