भेटायो कम्पनीले ल्यायाे ७० लाखमा साढे दुई तले घर

काठमाडाैं  । ‘भविष्यको निर्माणः भेटायोको प्राविधिक निर्माणमा उन्नति र विकास’ नाराका साथ भेटायो कम्पनीले  ७० लाखमा साढे दुई तले घर बनाउने योजना ल्याएको छ ।

घरायसी काममा आधारित सेवा प्रदायक कम्पनी भेटायोले ग्रहकको लागि भवन निर्माणको काम सुरुवात गरेको घोषणा गरेको हो ।
ग्राहकको मागलाई ध्यानमा राखेर भेटायोले यो योजना ल्याएको जनाएको छ ।

भेटायो कम्पनीका दक्ष प्रविधिकहरु र प्रविधिको प्रयोग गरी भेटायोले संरचनात्मक डिजाइनदेखि सम्पूर्ण निर्माण तथा सरसफाईसम्मको काम पनि गर्ने कम्पनि ले बताएको छ ।

भेटायो कम्पनीको को-फाउन्डर अंशु शाक्यले भनिन् , ‘भेटायोले नयाँ प्रविधिको प्रयोग गर्दै ग्राहकहरुलाई सुलभ मूल्यमा भवन बनाउने योजना ल्याएको छ ,यसले गर्दा ग्रहकलाई सबै कुरा हामीले गरेर दिने भए पछि सजिलो हुनेछ , त्यसैले गर्दा पनि हामीले यो योजना ल्याएका हौं ,उनले भनिन्   हामीले ७० लाखमा निर्माण गरिने भवनको विशेषताहरूमा कुल निर्माण क्षेत्रः २००० वर्ग फुट, साइट सर्वेक्षण, डिजाइन, संरचनात्मक विश्लेषण, लागत अनुमान, परियोजना सुपरिवेक्षण गरी निमार्ण कार्य सकिए पछि निश्चित तोकेको समयमा नै हस्तान्तरण गर्नेछौ ।’

भवन बनाउँदा आरसिसि, स्टील्स, हाइब्रिड नवीनतम प्रविधि को प्रायोग गरेर बनाउने गछौं । यसको सथै हामीले घर पेन्ट ग्रेनाइट र टाइल भान्छा र बाथरूम सबै कम्पनीले निमार्ण गर्ने उनले बताईन् ।

शाक्य भन्छिन ‘एकीकृत डिजाइन–निर्माण दृष्टिकोण , उन्नत योजना व्यवस्थापन, दिगोपन प्राविधिक विकासको कुराको लागी पनि हामी सधै लागी परेका छौ त्यस कारणले गर्दा पनि भेटायो कम्पनीलाई ग्रहकहरुले माया गर्नुभएको छ ।’

भेटायोको निर्माण सेवाहरू काठमाडौं उपत्यकाभित्रका ग्राहकहरूकालागि उपलब्ध रहेको जनाइएको छ ।

lcci
You might also like

Comments are closed.