‘फेकनलाई थप व्यवस्थित र व्यावसायिक बनाउनेछौं’

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन)को अध्यक्षमा उम्मेदवारी सार्वजनिक गरेका भुपाल तामाङले संस्थालाई थप व्यवस्थित र व्यावसायिक बनाउने प्रबिद्धता व्यक्त गरेका छन् । ‘शैक्षिक परामर्श क्षेत्रमा काम गर्ने संस्थाहरु मध्ये फेकनलाई सबै भन्दा दरिलो र बलियो संस्था बनाउनेछौं,’ उनले भनेका छन्, ‘शैक्षिक पारमर्श व्यवसायीको हकहितको क्षेत्रमा हामीले निरन्तर काम गर्नेछौं ।’

शिक्षा मन्त्रालयबाट व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँदै नीतिगत सुधारमा पहल गर्ने, यो क्षेत्रलाई मर्यादित बनाउने, व्यवसायलाई सेवामुलक बनाउँदै अगाडि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । संस्थालाई संघीय संरचनामा अगाडि बढाउँदै संगठनको विकास तथा विस्तार गरिने उनले बताएका छन् ।

संस्थामा बढी भन्दा बढी सदस्यलाई आबद्धता बनाउने, उनीहरुको क्षमता विकासमा जोड दिने, अनुगमन तथा नियमन गर्ने, बजार व्यवस्थानमा जोड दिने, अवैधानिक तथा खराब काम गर्ने कन्सल्टेन्सीलाई कन्ट्रोल गर्ने लगायतका प्रतिबद्धता उनले गरेका छन् । ‘यो क्षेत्रमा काम गर्ने व्यवसायीहरु मर्कामा परेका छन्,’ उनले भने, ‘मर्कामा परेका व्यवसायीहरुको व्यावसायिक विकासका लागि पहल गर्नेछौं ।’

jutta mela

यस अगाडि भएका कामलाई संस्थागत गर्दै अझै व्यवस्थित तरिकाले कार्यसम्पादन गर्ने उनले बताएका छन् । संस्थालाई एक ढिक्का बनाएर आफूले नेतृत्व गर्ने उनको प्रतिबद्धता छ ।

शनिबार हुने १०औं साधारणसभा तथा निर्वाचनका लागि उनको प्यानलबाट उपाध्यक्षमा दीपक सिलवाल, रामशरण ढकाल, महासचिवमा राजु निरौला, सचिवमा उमेश कुस्वार, छविन्द्र ओझा, कोषाध्यक्षमा दीपेन्द्र खरेलले उम्मेदवारी दिदैछन् । कार्यसमिति सदस्यमा किशोर दुलाल, रेश्मा राजथला, इन्द्रजित गौतम, शेरबहादुर बस्नेत, सलाम सिंह योञ्जन, दीपेन्द्र कुँवरले उम्मेदवारी दिनेछन् ।

You might also like

Comments are closed.