बागमती प्रदेशसभाको सभामुखमा पाठक निर्वाचित

काठमाडौं । बागमती प्रदेशसभाको सभामुखमा भुवनकुमार पाठक निर्वाचित भएका छन्।

प्रदेशसभामा आज भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बनेका पाठक सभामुख पदमा निर्वाचित भएका हुन् ।

उनले ६२ मत प्राप्त गरेको प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले जानकारी दिए ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराज अधिकारीले ३६ मत प्राप्त गरेका थिए भने, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सिर्जना सैजुले तीन मत प्राप्त गरेका थिए ।

You might also like

Comments are closed.