उम्मेदवार विद्या ढकालले व्यास नगरपालिकामा बढाए सक्रियता

तनहुँ । उम्मेदवार विद्या ढकालले जनतासँगको भेटघाटलाई तिव्रता दिएका छन् । भेटघाटका क्रममा ढकालले व्यास नगरपालिकामा सक्रियता बढाएका हुन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा ढकालले तनहुँ क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यका लागि नेकपा (एस) को तर्फबाट उम्मेदवारी दिएका छन् । कलम चिन्हमा मतदान गरी आफुलाई विजयी बनाउन उनले मतदातासँग आग्रह गरेका छन् ।

jutta mela

आफु जनताको आवाज बोल्ने साझा उम्मेदवार भएको ढकालले बताए । व्यास नगरपालिका वडा नं ७ र ९ का जनतासँगको भेटघाटमा ढकालले सो कुरा बताएका हुन् ।

राजनीतिमा देखिएको विकृति र विसंगतीको मूख्य कारण धनवाद र डनवाद भएकाले ती प्रवृत्तिका विरुद्ध जीवन पर्यन्त लडिरहने प्रतिवद्धता ढकालले व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.