इक्यान उपाध्यक्षमा विकल्प राज पोखरेलको उम्मेदवारी किन ?

काठमाडौं । विकल्प राज पोखरेल नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व हुन् । नीतिगत योगदानकर्ता र अनुभवी शैक्षिक अभियन्ताका रुपमा उनी स्थापित छन् । संस्थागत नेतृत्व, शैक्षिक वकालत र अन्तर्राष्ट्रिय प्राज्ञिक सम्बन्धमा उनको लामो अनुभव छ । उनै पोखरेल इक्यानको २०औं साधारणसभाका लागि उपाध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् । बर्तमान कार्यसमितिमा सहकोषाध्यक्ष भएर काम गरिरहेका उनले अब उपाध्यक्ष भएर इक्यानमा योगदान गर्ने तयारी गरेका छन् । इक्यानको साधारणसभा यही पुस २८ गते हुँदैछ ।

व्यावसायिक अनुभव र नेतृत्व

उनी वाइड रेञ्ज इन्टरनेशनलका संस्थापक तथा निर्देशक हुन् । सरकारबाट मान्यता प्राप्त शैक्षिक परामर्श संस्था वाइड रेञ्ज इन्टरनेशनलले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । विशेषगरी बेलायत र अष्ट्रेलियाका विश्वविद्यालयहरूसँगको सहकार्यमा नेपाली विद्यार्थीलाई त्यहाँको गुणस्तरीय शिक्षामा जोड्न उनी सफल छन् ।

द वेस्टमिनिस्टर कलेज, काठमाडौंमा पनि उनको आबद्धता छ । बेलायती विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यो कलेजको निर्देशक हुन् उनी । उनले यो कलेजमा शैक्षिक सुशासन, पाठ्यक्रम व्यवस्थापन र गुणस्तर सुनिश्चिततामा रणनीतिक नेतृत्व प्रदान गरिरहेका छन् ।

उनी स्टडी इन नेपाल डट कम ९क्तगमथक्ष्लल्भउब।िअयm० का को–फाउन्डरसमेत हुन् । नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यका रूपमा प्रवद्र्धन गर्न उनले यो डिजिटल प्लेटफर्मको सुरुवात गरेका हुन् । यो प्लेटफर्मले विदेशी विद्यार्थीलाई नेपालमा ल्याउन, क्रेडिट ट्रान्सफर, र विदेशी तथा नेपाली शिक्षण संस्थाहरूबीच शैक्षिक आदानप्रदानमा पुलको काम गरिरहेको छ।

अनुभवी प्रशिक्षक

पोखरेल बेलायती शिक्षा प्रणालीका अनुभवी प्रशिक्षक हुन् । उनले शैक्षिक परामर्शदाताहरूलाई भर्ना प्रक्रिया, भिसा नियम र नैतिक परामर्शका विषयमा नियमित रूपमा व्यावसायिक तालिम प्रदान गर्दै आएका छन् ।

इक्यानमा निरन्तर सक्रिय

विकल्प राज पोखरेल इक्यानभित्र एक बौद्धिक र रणनीतिक चिन्तकका रूपमा चिनिन्छन् । संस्थाको नीति निर्माण, वकालत र क्षेत्रगत सुधारका अभियानमा नेतृत्वलाई अग्रभागमा रहेर सहयोग गर्दै आएका छन् । उपाध्यक्ष भएर नेतृत्वलाई सफल बनाउन रणनीतिक रुपमा थप सक्रिय हुने र सहयोग गर्ने उनको प्रतिबद्धता छ । नेपालको शैक्षिक परामर्श क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मर्यादित र व्यवस्थित बनाउन उनले जोड दिँदै आएका छन् ।

संस्थागत सुशासन र सदस्यहरूको व्यावसायिक दक्षता अभिवृद्धिमा उनको विशेष सक्रियता रहने गरेको छ ।

इक्यानको उचाई बढाउने प्रतिबद्धता

पोखरेलको उम्मेदवारीले नेपालको अन्तर्राष्ट्रिय शिक्षा जगतलाई केवल विद्यार्थी बाहिर पठाउने माध्यममा मात्र सीमित नराखी दुई–पक्षीय प्राज्ञिक आदानप्रदान र नीतिगत स्पष्टतामार्फत अझ उचाइमा पु¥याउने लक्ष्य राखेको छ ।

आफू उपाध्यक्षको उम्मेदवार बन्दै गर्दै सशक्त इक्यान बनाउन अग्रणी भूमिका खेल्नेगरी प्लानिङका साथ अगाडि बढेको उनले बताएका छन् । देशभर रहेका इक्यान सदस्यबाट अमूल्य मत प्राप्त हुनेमा आफू विश्वस्त रहेको उनले बताए । ‘अध्यक्षलाई सफल बनाउन पनि उपाध्यक्षमा रहेर अहम भूमिका निर्वाह गर्ने म्यान्डेटसहित देशभरका इक्यान साथीहरुको विश्वास प्राप्त हुनेमा विश्वस्त छु,’ उनले भनेका छन् ।

You might also like

Comments are closed.