रोयल इन्फिल्डको नयाँ बाइक बुलेट ट्रायल छिट्टै लन्च हुदै

काठमाडौं, ३ फागुन ।
रोयल इन्फिल्डले नयाँ बाइक बुलेट ट्रायल छिट्टै लन्च गर्ने भएको छ ।कम्पनीले आगामी मार्च २६ मा बाइल लन्च गर्ने योजना बनाएको छ ।सो बाइक २०१८ डिसेम्बरमा पहिलो पटक टेस्टिङको समयमा देखा परेको थियो ।

रोयल इन्फिल्डको सो नयाँ बाइक दुई भेरिएन्ट बुलेट ट्रायल्स ३५० र बुलेट ट्रायल्स ५०० को नाममा लन्च हुनेछ ।

रोयल इन्फिल्डको ट्रायल्स सिरिज सन् १९५० को दशकको ट्रायल्स बाइकबाट प्रेरित छ । दुबै नयाँ बाइकमा बुलेट रेन्जको इन्जिन र गियरबक्स जडान गरिने छ । बुलेट ३५० मा ३४६ सीसीको इन्जिन जडान गरिएको छ, जसले १९।८ एचपी पावर र २८ एनएमको टर्क जेनेरेट गर्छ । बुलेट ५०० मा ४९९ सीसीको इन्जिन जडान गरिएको छ, जसले २७।२ एचपीको पावर र ४१।३ एनएमको टर्क जेनेरेट गर्छ । दुबै इन्जिनमा ५ स्पिड गियरबक्स जडान गरिएको छ ।

इन्जिनको साथ साथै सो बाइकमा ट्याङकी र साइड प्यानल पनि बुलेट बाइक जस्तो देखिन्छ । नयाँ बुलेट ट्रायल्सको फेन्डर्स भने अलि सानो राखिएको छ । यसको साथै सो बाइकमा अफ रोडको लागि लामो ह्यान्डलबार समावेश गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार रोयल इन्फिल्डको नयाँ बुलेट ट्रायल्समा फ्रेम, स्विंगआर्म, सबफ्रेम र फेन्डर स्टे रहेको छ । सो बाइकमा रियर सिटको ठाउँमा ¥याक रहेको छ । बाइक ¥याकको साथै यसमा सिट अप्सन पनि पाउन सकिन्छ । अफरोडको लागि भनेर सो बाइकमा एक्जस्ट पनि माथि उठाएको छ ।

You might also like

Comments are closed.