स्वदेशी उत्पादनप्रति उपभोक्ता तथा दर्शकको चासो बढ्दो छः बिक्रम कर्माचार्य

विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १९औं संस्करणको लेखनाथ महोत्सव जारी छ । महोत्सवमा यस पटक स्वदेशी उत्पादनलाई विशेष प्राथमिकतामा राखिएको छ । राष्ट्रिय उत्पादन प्रदर्शनीको संयोजन संघका द्वितीय उपाध्यक्ष बिक्रम कर्माचार्यले गरेका छन् । उद्योगीसमेत रहेका कर्माचार्यको संयोजकत्वमा मेलामा यसपटक राष्ट्रिय उत्पादनलाई विशेष प्राथमिकताका साथ बिक्री तथा प्रदर्शनीमा राखिएको हो ।

‘स्वदेशी उत्पादन प्रयोग गरौं’ भन्ने नाराका साथ संघले राष्ट्रिय उत्पादनलाई प्रवर्द्धन गरिरहेको छ । ‘हामीले महोत्सवमा स्वदेशी उत्पादनका लागि क्याम्पेन गरिरहेका छौं । मेड इन नेपालको लागि महोत्सवमा हामीले प्राथमिकताका साथ स्टलहरुको व्यवस्थापन गरेका छौं । जहाँ नेपालमा उत्पादन भएका सामान बिक्री तथा प्रदर्शनीमा राखिएका छन्,’ उनले भने ।

स्वदेशी उत्पादन प्रयोग गर्दा देशमा नै रोजगारी सृजना हुने र आर्थिक समृद्धि सम्भव हुने भएको बताउँदै उनले उपभोक्ताले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । ‘महोत्सवमा उपस्थित दर्शकको आकर्षण स्वदेशी उत्पादनमा देखिएको छ । यो राम्रो पक्ष हो,’ उनले भने ।

स्वदेशी उद्योगले प्रसय पाउँदा युवाहरु विदेश पलायन हुने क्रम पनि कम हुने र आर्थिक गतिविधि बढ्ने उनको भनाइ छ । ‘उपभोक्ताका बीचमा पनि स्वदेशी उत्पादन प्रयोग गर्नका लागि सचेतना आवश्यक छ,’ उनको भनाइ छ ।

उद्योग व्यवसाय प्रवद्र्धनका लागि महोत्सवले महत्वपूुर्ण भुमिका खेल्नुका साथै नेपाली उत्पादनको प्रवर्द्धन तथा बजारीकरण पनि हुने कर्माचार्यले बताए ।

‘महोत्सवलाई नेपाली उत्पादनलाई प्राथमिकता दिदा ती उत्पादनहरुले बजार पाउनेछ । ब्राण्डको प्रवर्द्धनमा योगदान पुग्नेछ । जसले गर्दा उद्योगी व्यवसायीले पनि दीर्घकालीन लाभ लिन सक्नेछन् । उत्पादनलाई बजारसँग जोड्ने र उपभोक्तासँग जोड्ने काममा महोत्सवले सकारात्मक योगदान गर्नेमा हामी विश्वस्त छौं,’ कर्माचार्यले भने ।

You might also like

Comments are closed.