सात लघुबीमाको लाइसेन्स वितरण गर्न प्रस्ताव आह्वान

काठमाडौं । बीमा समितिले सात लघुबीमाको लाइसेन्स वितरण गर्न प्रस्ताव आह्वान गरेकोछ ।

बीमा समितिले शुक्रबार सार्वनिक सूचना जारी गर्दै नयाँ लघुबीमाको लाइसेन्स लिन चाहने जोसुकैलाई लघुबीमा स्थापना सम्बन्धी निर्देशिका बमोजिमको प्रस्ताव दर्ता गर्न आह्वान गरेको हो ।

बीमा समितिले प्रकाशन गरेको सूचना अनुसार ३५औं दिन दिनको १२ बजेभित्र दरखास्त पेस गरिसक्नुपर्नेछ । प्राप्त प्रस्ताव मध्ये सबैभन्दा उच्चतम अंक ल्याउने मध्येबाट तीन वटा जीवन बीमा र चार वटा निर्जीवन लघुबिमालाई लाइसेन्स वितरण गरिनेछ ।

You might also like

Comments are closed.