जनताले म माथि गरेको आशा र भरोसालाई टुट्न दिन्न : विनोद चौधरी

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्बपति उद्योगी विनोद चौधरीले नवलपरासीका जनताका सम्पूर्ण समस्या तथा गुनासोहरु आफ्नो भएको बताएका छन् ।

शुक्रबार बर्दघाट–१५ नवलपरासीले पृथ्वी बस्तीमा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा चौधरीले यस क्षेत्रका जनताका गुनासोहरूको सम्बोधन अनि सयमस्याहरूको समाधानमा सधैं लागिरहने प्रतिवद्धता जनाएका छन् ।

‘समस्या यहाँ हरेक क्षेत्रमा छन्, गुनासो यहाँ हरेक कुरामा छन् । सबैका ति समस्या र गुनासोहरू अबदेखि मेरा पनि हुन्,’ चौधरीले भने, ‘सबै गुनासोहरूको सम्बोधन अनि सयमस्याहरूको समाधानमा म सधैं लागिरहने छु ।’

jutta mela

त्यस्तै, उनले आफूमाथि जनताले गरेको आशा र भरोसालाई टुट्न नदिने बाचा गर्दै आफूले गरेको संकल्प पूरा गरि छाड्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल मुस्लिम संघ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ जिमिरेभारमा बिहीबार जनतासँगको भेटघाट कार्यक्रममा चौधरीले सो प्रतिबद्धता जनाएका हुन् ।

You might also like

Comments are closed.