अर्बपति चौधरी गरिबका झुपडीदेखि खेतबारीमा रमाउदै

काठमाडौं । अर्बपति विनोद चौधरी यतिबेला चुनावी दौडधुपमा व्यस्त छन् । मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका लागि नवलपरासी सुस्ता पश्चिमबाट उम्मेदवार रहेका चौधरी यतिबेला जनताका घरघरमा भेटिन्छन् ।

मतदाताको मन जित्न चौधरी गरिबका झुपडीदेखि खेतबारीमा रमाइरहेका देखिन्छन् । सामाजिक संजालमा सक्रिय रहने अर्बपति चौधरीले आफ्ना प्रत्येक गतिविधिहरु सेयर गर्दै आएका छन् । हिजो मात्रै उनले मतदाताको झुपडीमा बसेर खाना खाइरहेको दृश्य सार्वजनिक गरेका थिए । जसमा चौधरीले सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रममा नपर्न आग्रह गर्दै आफू पनि सामान्य परिवारको मानिस भएको बताएका छन् । जुन तस्विर र उनको विचारले सामाजिक संजालमा निकै प्रशंसा पायो ।

jutta mela

तस्विर सार्वजनिक गर्दै चौधरीले लेखेका छन्, ‘सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस् । म सामान्य परिवारबाट आएको व्यक्ति हुँ । मेरो शिक्षादीक्षा पनि सामान्यरूपमै भयो। सरकारी स्कुलमै पढेर हुर्किएको हो म । रत्नपार्कबाट सार्वजनिक बस चढेर भक्तपुरको सरकारी स्कुलबाट स्कुले शिक्षा हासिल गरेको हुँ।’

चुनावको मिति नजिकिएसँगै नवलपरासी सुस्ता पश्चिमका जनताहरुसंग भोट माग्न निकै व्यस्त चौधरीले आइतबार बर्दघाट–७ जिमिरेभार नवलपरासीका थारु समुदायसंग भेटघाट तथा छलफल गरेका छन् ।

उनले आइतबार घरदैलो कार्यक्रमका तस्विरहरु सार्वजनिक गर्दै लेखेका छन्, –मेरो भूमी नै मेरो अस्तित्व हो । यहाँको कला, संस्कृति, भेषभुषा, चलन्चल्ती मेरो पहिचान हो । थारू समुदायले राष्ट्रिय तहमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै विद्धमान समस्याहरूको समाधानमा हरदम लागि पर्ने प्रतिबद्धता गर्दछु । राष्ट्र सेवामा लम्किएका मेरा यी पाईला अब रोकिने छैनन् । जस्तो सुकै आँधी, हुरी, तुफान आएपनि डगमगाउने छैनन् । तपाईंको साथ, समर्थन र माया मलाई अपरिहार्य छ।’

You might also like

Comments are closed.