नवलपरासी १ मा विनोद चौधरी, २ मा प्रधानको अग्रता

नवलपरासी । पश्चिम नवलपरासीको दुवै निर्वाचन क्षेत्रको मतपरिणाम आउन सुरु भएको छ। मतपरिणामअनुसार निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार अरबपति विनोद चौधरीले अग्रता लिएका छन् ।

दुई हजार दुई सय मत गन्दा उद्योगपति चौधरी आठ सय ५३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले छ सय ३२ मत प्राप्त गरेका छन्।

jutta mela

चौधरी त्रिपाठीभन्दा दुई सय ८१ मतले अगाडि छन् । त्यस्तै निर्वाचन क्षेत्र नं २ मा राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधान अगाडि छन्।

नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल दोस्रो स्थानमा रहेका छन् । दुई हजार सात सय ५० मत गन्दा राप्रपाका प्रधान एक हजार तीन सय ८९ मत र कँडेलले पाँच सय २७ मत प्राप्त गरेका छन् ।

You might also like

Comments are closed.