नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेशको अध्यक्षमा डा. वीरबहादुर कार्की चयन

पोखरा । नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेशको अध्यक्षमा डा.वीरबहादुर कार्की चयन भएका छन् । संघका केन्द्रीय अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा आज पोखराको होटल स्नोल्याण्डमा आयोजित एक समारोहबीच पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. कार्कीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

नवगठित प्रदेश समितिको उपाध्यक्षमा देविलाल शर्मा, सचिवमा माधव बस्ताकोटी, कोषाध्यक्षमा सुर्य रोक्का चयन भएका हुन् । त्यसैगरी, सदस्यहरुमा दुर्गाप्रसाद हुमागाईं, गणेशबहादुर थापा, प्रकाश रेग्मी र सिए अमित थापा चयन भएका निर्वाचन समितिका संयोजक दिलिप पौडेलले जानकारी दिएका छन् ।

गण्डकी विश्वविद्यालयका कुलपती डा. गणेशमान गुरुङको प्रमुख आतित्यथामा सम्पन्न कार्यक्रममा नेपाल व्यवस्थापन संघका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, महासचिव मोहन ओझा, पूर्वकोषाध्यक्ष दिलिप पौडेलले संघले हालसम्म गरेका गतिविधि र आगामी कार्यक्रमका विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, नव नियुक्त अध्यक्ष डा. वीरबहादुर कार्कीको, दविलाल शर्मालगायतले बोलेका थिए ।

You might also like

Comments are closed.