काठमाडौं । बिराटनगर किंग्सले एनपीएलको नयाँ सिजन सुरुवातको संकेत गर्दै आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ । यो जर्सीले कोशी प्रदेशको गौरव, ताकत र समुदायको भावना झल्काएको छ । जर्सीका हरेक विवरणमा हाम्रा विश्वास, संस्कार र बिराटनगरको अविचलित भावनाको अर्थ, उद्देश्य र पहिचान समाहित गरिएको छ ।
डिजाइनको केन्द्रमा सप्तकोशीको प्रवाह समेट्ने सात रेखाहरू रहेका छन् । यी सात रेखाहरू विशाल सप्तकोशी नदी बन्न एकसाथ मिसिने सातवटा शाखा नदीहरूका प्रतीक हुन् । यी रेखाहरूले एकता, शक्ति र गतिशीलतालाई जनाउँछन् । प्रत्येक नदीको आ–आफ्नै ऊर्जा हुन्छ, तर सबै नदीहरू एकसाथ बग्दा तिनीहरू एक अजेय शक्तिमा रूपान्तरित हुन्छन् । बिराटनगर किंग्सको खेल पनि मैदानमा ठीक त्यस्तै हुन्छ । सात नदी एउटै लय, एकै धड्कन ।
त्रिकोणीय प्याटर्न अर्थात् साहसका पहाडहरूले धैर्य, दृढता र लगनशीलताको कथा भन्छन् । सफलता यी पहाडहरूजस्तै हुन्छ जुन सिधा रेखामा आउँदैन । यात्रामा उकाली–ओराली हुन्छन्, चुनौती र जितहरू हुन्छन् । तर किंग्स हरेक खेलसँगै अगाडि बढ्छ, उचाइ चढ्दै जान्छ, अझ मजबुत बन्दै जान्छ । यी प्याटर्नहरूले सम्झाउँछन् कि शक्ति निरन्तरको प्रयासबाट आउँछ र अन्ततः जीत उनीहरुकै हुन्छ, जो कहिल्यै रोकिँदैनन् ।
जर्सीको काँधमा काँधको साहस अर्थात् एपाउलेट रहेको छ, जसले नेतृत्व र गर्वको संकेत गर्दछ । यो मौन रहन्छ र आदेश होइन, प्रेरणा दिन्छ । यो जर्सी लगाउने प्रत्येक खेलाडीले आफ्नो शहरको सपना र नेतृत्वको जिम्मेवारी बोकेको हुन्छ । किंग्स केवल खेल्दैनन्, चाहे जस्तोसुकै चुनौती आओस्, उनीहरू बेप्रवाह भएर साहस, दृढता र विश्वासको प्रतिनिधित्व गर्छन् ।

यी सबै प्रतीकहरूले मिलेर बनाउँछन्, ‘द जर्सीः द क्राउन वी अर्न ।’ यो केवल युनिफर्म होइन, यो पहिचान, एकता र भावनाको प्रतीक हो । यसको प्रत्येक धागोमा उत्साह र गर्वको कथा बुनिएको छ । खेलाडीहरूका लागि यो कवचजस्तै हो भने समर्थकहरूको लागि यो आशाको ध्वजा हो । जब किंग्स यो जर्सी लगाएर मैदानमा उत्रन्छन्, उनीहरू आफ्नो नाम मात्र होइन, बिराटनगरको मुटु बोकेर उत्रिन्छन्, उठ्न अनि शासन गर्न तयार भएर ।
बिराटनगर किंग्सको बारेमा :
बिराटनगर किंग्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज हो । यसको लक्ष्य स्थानीय प्रतिभा उजागर गर्नु, खेल भावनालाई प्रोत्साहन गर्नु र समुदाय तथा समर्थकहरूसँग जोडिएर कोशी प्रदेशलाई गौरव दिलाउनु रहेको छ ।








Comments are closed.