हायात सेन्ट्रिक सोल्टीमोडको हस्पिटालिटी पार्टनरमा बिराटनगर किंग्स

काठमाडौं । बिराटनगर किंग्सले आगामी सिजनको लागि हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौंसँग आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा पुनः सहकार्य गर्ने भएको छ ।

गत वर्षको सफल सहकार्य पछि नेपालको एक प्रिमियम हस्पिटालिटी ब्राण्डसँग पुनः सहकार्य गर्दै अगाडि बढ्ने टिमले जनाएको छ । हायात सेन्ट्रिक सोल्टीमोड आफ्नो अत्याधुनिक आराम, उत्कृष्ट सेवा र स्थानीय संस्कृतिको झल्को दिने आकर्षक वातावरणका लागि प्रसिद्ध छ । यस सहकार्यले खेलकुद र हस्पिटालिटी क्षेत्रको उत्कृष्टतालाई सँगै अघि बढ्ने साझा दृष्टिकोण प्रस्तुत गरेको छ ।

बिराटनगर किंग्सका खेलाडी, अफिसियल तथा महत्वपूर्ण पाहुनाले प्रतियोगिता अवधिभर प्रिमियम हस्पिटालिटी अनुभव गर्न पाउनेछन् । होटलको सेवामा देखिने निष्ठा र स्पष्ट व्यवस्थापनले मैदान बाहिरको समयलाई सहज र सन्तुलित बनाउने विश्वास लिइएको छ । हायात सेन्ट्रिक सोल्टीमोडसँग पुनःसहकार्य गर्ने अवसर पाएकामा बिराटनगर किंग्सले आभार व्यक्त गरेको छ ।

गत सिजनमा पाएको आतिथ्यता, पेसागत सेवा र समर्पण प्रशंसनीय रहेकाले टिममा सकारात्मक माहोल सिर्जना गरेको हुँदा यो वर्ष पनि सँगै काम गर्न आतुर रहेको बिराटनगर किंग्सले जनाएको छ । यो सहकार्य आराम र सुविधामा मात्रै सीमित नभईकन टिमले सिजनभर सङ्कलन गर्ने समग्र अनुभवसँग पनि जोडिएको छ ।

टिमको क्रिकेटमैदान बाहिर पनि अविस्मरणीय अनुभव प्रदान गर्ने प्रतिबद्धता झल्काउँछ । बिराटनगर किंग्स सधैं मैदानभित्र र बाहिर उत्कृष्टता प्राप्त गर्न प्रयत्नशील छ । हायात सेन्ट्रिकसँगको यो सहकार्य सोही दिशातर्फ उठाइएको अर्को महत्वपूर्ण कदमको रुपमा लिइएको छ ।

बिराटनगरकिंग्स नेपाल प्रिमियर लिग अन्तर्गत कोशी प्रदेशको प्रतिनिधित्व गर्ने प्रतिष्ठित क्रिकेट फ्रेन्चाइज हो । स्थानीय प्रतिभालाई उजागर गर्नु, स्पोट्र्स म्यानशिपलाई प्रोत्साहन गर्नु र समुदायसँग सशक्त सम्बन्ध स्थापना गर्दै प्रदेशको गौरव बढाउनु नै यस टिमको उद्धेश्य रहेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.