काठमाडौं उपत्यकामा देखियो बर्डफ्लू

काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लूको संक्रमण पुष्टि भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ललितपुरको एक स्थान र काठमाडौंका दुई स्थानमा बर्डफ्लूको संक्रमण पुष्टि भएको हो।

ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिकाको रामकोट र तारकेश्वर नगरपालिकाका कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो ।

गत शुक्रबार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको तथा त्यहाँका पक्षी नष्ट गरिएको मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, नार्गाजुन नगरपालिकाको ६ रामकोट र तारकेश्वरमा पनि बर्डफ्लू देखिएको छ। नागार्जुनस्थित एक फारममा बर्डफ्लु देखिएपछि त्यहाँ रहेका ४ हजार ५ सय कुखुरा र २ हजार २५५ वटा अण्डा नष्ट गरिएको मन्त्रालयले जानकारी दिएको छ।

You might also like

Comments are closed.