काठमाडौं । काठमाडौंको रातोपुलस्थित नेशनल बाथ रोग सेन्टरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा बाथरोग सम्बन्धी सिआरपी, इएसआर र युरिक एसिडको निःशुल्क रक्त परीक्षण समेत गरिएको छ ।
सहयोगी महिला जागरण मञ्च काठमाडौं, लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर, नेशनल बाथरोग सेन्टर र श्रमण अपरल्सको संयुक्त आयोजनामा शनिबार कार्यक्रम भएको हो ।
उक्त अवसरमा २५ जनाले रक्तदान गरेको सहयोगी महिला जागरण मञ्चका अध्यक्ष राधा श्रेष्ठले जानकारी दिइन् ।







Comments are closed.