काठमाडौं । एलएस अटोको नेपालका लागि आधिकारिक वितरक ब्लू कर्पोरेशनले ‘फेस्टिभ अफर’ ल्याएको छ ।
नजिकिँदै गरेको दशैं–तिहारलाई लक्षित गरी ल्याइएको यो अफरमा गाडी किन्दा न्यूनतम डाउन पेमेन्टको सुविधादेखि उपहार तथा नगदमा भारी छुट पाइनेछ । अफरअन्तर्गत एलएस अटोको नयाँ ईभी किन्दा ८ लाखसम्मको लाभ लिन सकिने कम्पनीका महाप्रबन्धक नविन फुयाँलले जानकारी दिए ।
कम्पनीले बिक्री गर्दै आएको ‘एलईभी–०१’ गाडीलाई ग्राहकहरूले यो अफर अन्तर्गत केवल २० प्रतिशतको डाउन पेमेन्टमा घर लैजान सक्नेछन् । फुयाँलका अनुसार, दशैं–तिहारमा गाडी खरिद गर्ने सोच बनाएका ग्राहकहरूका लागि यो निकै उपयुक्त अफर हो ।
‘यस अफर अन्तर्गत गाडी किन्ने ग्राहकका जोडिले निःशुल्क ५ रात ६ दिनको सिङ्गापुर र मलेसिया घुम्ने अवसर प्राप्त गर्ने छन्’ उनले भने । यस्तै, फेस्टिभ अफरमा कम्पनीले १ लाख नगद छुट, १ लाख एक्सचेञ्ज बोनस, निःशुल्क बीमा र १० किलो क्षमताको वासिङ मेसिन निःशुल्क प्रदान गर्नेछ ।
यो अफर सीमित समयको लागि मात्र रहेको जानकारी दिँदै इच्छुक ग्राहकलाई नजिकको शोरुममा सम्पर्क गरी यसको लाभ लिन कम्पनीले आह्वान गरेको छ ।
Comments are closed.