कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुल्यो

काठमाडौं । कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुुसार शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि पुस १५ गतेभित्र विलम्ब शुल्करहित र पुष मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिने छ । बोर्डका अनुसार पुष १५ भित्र आवेदन बुझाउँदा ४०० शुल्क लाग्ने र पुस मसान्तभित्र बुझाउँदा ८०० शुल्क लाग्ने छ ।

पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचना अनुसार माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा न्यूनमत १।६ जीपीए प्राप्त गर्ने विद्याथीईले कक्षा ११ मा अध्ययन गर्न पाउने र सोही अनुसार रजिस्ट्रसेन फारम भर्नुपर्नेछ । रजिस्ट्रेसन आवेदन फारमसँगै प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईई को ग्रेडसिटको प्रतिलिपि समेत पेस गर्नुपर्नेछ ।

कक्षा ११ को नयाँ पाठ्यक्रम अनुसारको विषय समूह र विषय कोड अनुरूप एक समूहबाट एक विषय मात्र अध्ययन गर्ने गरी फारम भर्ने व्यवस्था मिलाइएको छ । रजिस्ट्रसेन फारम विद्यार्थी स्वयंमले भरेको हुनुपर्नेछ ।

 

 

 

You might also like

Comments are closed.