बोटको ब्लुतुथ कलिङ स्मार्टवाच नेपाली बजारमा

काठमाडौं । भारतको नम्बर एक वेरेबल ब्रान्ड बोटले नेपाल पोर्ट्फोलियोमा आफ्नो हियरेबल र वेरेबल क्याटेगोरी तर्फ केही उत्पादनहरु थप गरेको छ । नेपालमा स्मार्टवाच र हियरेबल एक्सेसरिजहरुको बढ्दो मागसँगै सो कम्पनीले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराएर उपभोक्ताहरुको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ ।

boAt Xtend Pro बलियो र सुन्दर ढंगले बनाइएको १.७८ इन्चको AMOLED डिस्प्ले र ३० मिनेटको ASAP फास्ट चार्जिङमा १० दिन टिक्ने ब्याट्रीको साथ आउँछ । Xtend Pro ब्लुटुथ कलिङलाई इन-बिल्ट स्पिकर साथ आउँछ। यसमा एक डायल प्याड रहेको छ, जसमा   स्मार्टवाचबाट 10 ओटा सम्पर्कहरूलाई सेभ गर्न र कल गर्न सकिन्छ । यो स्मार्टवाच उच्चस्तारिय जीवनशैलीका लागि बनाइएको छ । र, यसमा ७००+ Active मोडहरू रहेका छन् ।

वास्तविक-समयमा हृदय गति ट्र्याकिङ, सटीक SpO2 अनुगमन, र धेरै Watch Face हरू र थिमहरूलाई समर्थन गर्दछ। IP68 डस्ट र वाटर रेसिस्टेन्सको साथ, Xtend Pro धुलो र पानीको छर्राप्रति अत्यधिक प्रतिरोधी रहेको छ। १.६९ इन्चको एचडि कर्भ डिस्प्ले भएको यस boAt Wave Call मा ब्लुतुथ कल गर्न सकिन्छ। १० दिनसम्मको ब्याट्री ब्याक अप भएको यस स्मार्टवाचमा SpO2 र मुटुको धड्कन पनि ट्र्याक गर्न सकिनुका साथै हाइड्रेसन अलर्ट पनि छ ।

jutta mela

त्यस्तै, यसमा १० जनासम्मको कन्ट्याक्तहरु पनि सेभ गर्न मिल्छ । हरेक पहिरनसंग मिल्ने boAt Wave Call १००+ Watch Face को साथ आएको छ। एक्टिभ नोइज क्यान्सलेसन युक्त Airdopes 411 ANC ले २५ डि बिसम्मको बाहिरको वातावरणीय हल्लाहरुलाई शान्त गर्न सक्छ । 2 ENx इनेबल्ड माइकहरु भएको Airdopes 411 ANC ले क्रिस्टल क्लियर कलिङ एक्स्पिरियन्स प्रदान गर्छ ।

१७.५ घण्टासम्मको प्लेब्याक टाइम भएको यस डिभाइसमा बोट सिग्नेचर युक्त १०mm को ड्राइभरहरु पनि राखिएको छ । त्यस्तै बोट ए साप चार्ज मार्फत १० मिनेट मात्र चार्ज गर्दा पनि एक घण्टा सम्म चलाऊन सकिन्छ । यी नयाँ स्मार्टवाचहरू बाहेक, नेपालकालागि बोटको नयाँ लाइनअपमा Rockerz 235 V2 (नेकब्यान्ड), Airdopes 138, Airdopes 141, Airdopes 161 र Airdopes 181 पनि समावेश रहेका छन्।

बोट सिग्नेचर साउन्ड्सहित उपलब्ध यी उत्पादनहरुको बिल्ड क्वालिटी पनि अत्यन्त उत्कृष्ट त छन् नै साथै यिनीहरुको मुल्य पनि सुपथ रहेको छ । यसको बारेमा बोल्दै टेलीटकका कार्यकारी निर्देशक प्रतिक जलानले भने, “हामीले नेपाली बजारमा बोटका उत्पादनहरुको लागि उच्च माग देखेका छौँ । त्यसैले हामीले एक्टिभ नोइज क्यान्सलेसन युक्त हियरेबल एक्सेसरिज र ब्लुटथ कलिङ युक्त बोट स्मार्टवाचहरु नेपालमा ल्याएका छौंँ । अहिले बजारमा सबै भन्दा लोकप्रिय ब्रान्ड नै बोट रहेको छ र हामीलाई आशा छ यी नयाँँ उत्पादनहरुले पक्कै पनि बजारमा एउटा नयाँँ माइल्स्टोनहरु सेट गर्नेछन् ।”

बोटको नयाँ उत्पादन हियरेबल र वेरेबलहरु नेपालभरका सबै रिटेल स्टोरहरूमा उपलब्ध रहेका छन् र यसको मूल्य यस प्रकार रहेका छन्।

1. BoAt Xtend Pro: MRP 7,499/-
2. BoAt Wave कल: MRP 4,999/-
3. Airdopes 411 ANC: MRP 5,299/-
4. Rockerz 235 V2 (Neckband): MRP 2,599/-
5. Airdopes 138: MRP 2,999/-
6. Airdopes 141: MRP 2,999/-
7. Airdopes 161: MRP 2,899/-
8. Airdopes 181: MRP 3,099/-

You might also like

Comments are closed.