ब्रेस्ट क्यान्सर सम्वन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

नेपालमा पिङ्क रिबन क्याम्पेनका संस्थापक डा. फुजिमोतो यासुहिसा पनि सहभागी

काठमाडौं । अक्टोबर महिनालाई अन्तर्राष्ट्रिय रुपमा ब्रेस्ट क्यान्सर सम्बन्धि जनचेतना जगाउने महिनाको रुपमा मानिन्छ। नेपालमा लायन्स क्लब मकालुका संस्थापक सदस्य बुद्धि कार्कीको पहलमा अनलाइन अन्तरक्रिया कार्यक्रम शनिबार ९ अक्टोबरमा सम्पन्न भएको छ ।

सो कार्यक्रममा प्रमुक वक्ता, ओसाका सुइता हस्पिटलका ब्रेस्ट सर्जन डा. फुजिमोतो यासुहिसा र डा. अजय शर्मा थिए। महिलाका लागि महिला नामको संस्थाका संस्थापक डा. आस्था तुलाधरले जापानी भाषा अनुबाद गर्दै, नेपालको सन्दर्भमा गीत – संगीत मार्फत पनि जनचेतना फैलाउन सजिलो हुने कुरा बताउदै यूट्युव भिडिओबाट गीतको शब्द सहभागी समक्ष प्रस्तूत गरिन्।

सो गीतका लेखक हरिहर तिमल्सिना र गायिका भागीरथी बाटाजू थिए भने राम महर्जनले बाँसुरीको न थपेका थिए। नेपालीहरुको महान चाड दसैंको समयमा पर्ने पिङ्क रिबन दिवसको बारे जनचेतना जगाउन आवश्यक रहेको बताइएको छ । कार्यक्रममा विद्यार्थी, शिक्षक, समाजसेवी लगायत नेपाल जापान सम्बन्धि कार्यशील व्यक्तित्वसहित ५२ जनाको सहभागिता थियो।

jutta mela

ब्रेस्ट क्यान्सरबाट बच्न प्रारम्भिक जाँच गरि क्यान्सर भएको कुरा चाँडो भन्दा चाँडो पत्ता लगाइ उपचार गरेमा स्तन सर्जरीनै गर्नु परेपनि जीवन बचाउन सकिने बताइएको छ । साथै जाँच गर्ने ३ प्रक्रिया आत्म परिक्षण, अल्ट्रा साउण्ड, म्यामोग्राफी छन् जसमध्ये आत्म परिक्षण सबै भन्दा सजिलो रहेको छ । हरेक महिना महिनावारी भएको १ हप्ता पछि ऐनामा हेरी, औंला सिधा परेर हातले छामी स्तनमा गाठा छ कि छैन जाँच्नु पर्ने कुरा अवगत गराइयो। कम उमेरका महिला र पुरुषलाई पनि स्तन क्यान्सर हुन सक्ने सम्भावना भएको रहन्छ ।

नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनले यस क्षेत्रमा सक्रिय भूमिका निभाउदै आएको छ। यस क्यान्सरबाट बच्न धुम्रपान , मदिरापान रोक्ने , शारीरिक तौल नियन्त्रण, ब्यायाम इत्यादि जीवन शैली मा सुधार अपनाउनुपर्ने सल्लाह दिइएको छ । आगामी दिनहरुमा पनि नेपाल -जापान बीच स्वास्थ्य मुलक आदान प्रदान को अवसर बनाउदै जाने प्रण गर्दै कार्यक्रम समापन गरिएको थियो ।

 

 

You might also like

Comments are closed.