ब्रिटिस काउन्सिलले खुलायो ‘कनेक्सन थ्रु कल्चर’ अनुदान आवेदन

काठमाडौं । ब्रिटिस काउन्सिलले ‘कनेक्सन थ्रु कल्चर (सिटिसि– संस्कृतिका माध्यमबाट संयोजन)’ अनुदान २०२५ आरम्भ भएको घोषणा गरेको छ । सिटिसिअन्तर्गत ब्रिटिस काउन्सिलले नेपाली कलाकार, सांस्कृतिककर्मी र सृजनात्मक कार्यमा संलग्न संस्थालाई बेलायतका साझेदारसँग सहकार्य गर्न अनुदानका लागि आवेदन दिन आव्हान गरेको छ ।

विश्वव्यापी सहकार्यको आवश्यकता अहम् भएको अहिलेको परिस्थितिमा यस कार्यक्रमले नेपाल तथा अन्य देशका सिर्जनात्मक समुदायलाई जोड्ने परियोजनालाई १० हजार पाउन्ड स्टर्लिङ (करिब १८ लाख २० हजार नेपाली रुपैयाँ) सम्मको अनुदान दिनेछ । यो कार्यक्रम अन्तर्गत विभिन्न देशका कलाकर्मीको संयुक्तकला कार्यशाला (ज्वाइन्ट रेसिडेन्सी), संयुक्त सिर्जनाको प्रदर्शनी, मञ्चन, अनुसन्धान र डिजिटल कथा वाचनजस्ता परियोजनालगायतका पहललाई सहयोग गरिनेछ ।

आपसी समझदारी बढाउने, नवीन संवाद सुरु गर्ने र दीर्घकालीन अन्तर्राष्ट्रिय साझेदारी निर्माण गर्ने परियोजनाको उद्धेश्य रहेको छ । ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले यस कार्यक्रमले दुवै देशका कलाकर्मी र कलासम्बन्धी संस्थालाई साझा भविष्यको कल्पना गर्न सशक्त बनाउने, साझा सृजनात्मकता र आपसी सम्मानमार्फत अन्तरदेशीय सार्थक साझेदारी विस्तार हुने बताए ।

यो कार्यक्रमको सन् २०२५ संस्करणमा नेपालसहित बेलायत र एसिया–प्यासिफिक तथा युरोपका १९ साझेदार देशबाट आवेदक खुला गरिएको छ । यस वर्ष ब्रिटिस काउन्सिलले विशेषगरी जलवायु परिवर्तन, विविधता तथा समावेशिता र कलामा समानताजस्ता विश्वव्यापी विषयमा केन्द्रित कलाकर्मलाई प्राथमिकता दिँदै करिब ९० परियोजनालाई अनुदान दिने लक्ष्य राखेको छ ।

ब्रिटिस काउन्सिल साउथ एसियाकी क्षेत्रीय कला निर्देशक जिल रिचेन्सले कनेक्सन थ्रु कल्चर अनुदान भन्दा पनि सृजनशीलता, सहकार्य, र परिवर्तनको उत्प्रेरक रहेको बताए । आवेदन २८ अप्रिल २०२५ मा खुल्ने छ भने अन्तिम म्यादः २३ जुन २०२५ (१५ः०० बेलायती समय), अनुदान राशिः £५,००० वा £१०,००० सम्म रहेको छ । परियोजना सुरु हुने अक्टोबर २०२५ हुने जनाइएको छ ।

नेपालका दृश्यकला (भिजुअल आर्ट), साहित्य, चलचित्र, सङ्गीत, मञ्चन गरिने कला (पर्फर्मिङ आर्ट), डिजिटल मिडिया, सम्पदा, फेसन, वास्तुकला लगायत विभिन्न विधामा काम गरिरहेका कलाकार र संस्थालाई आवेदन दिन प्रोत्साहित गरिएको छ । परियोजनाहरू प्रत्यक्ष, डिजिटल वा मिश्रित (हाइब्रिड) ढाँचामा हुन सक्छन्, र आवेदकलाई निर्धक्कताका साथ सहकार्यमा आधारित प्रस्ताव ल्याउन प्रोत्साहित गरिन्छ ।

परियोजनामा सहभागी हुन ईच्छुकले https://britishcouncilarts.grantplatform.com/ मा आवेदन दिन सकिनेछ । साथै https://arts.britishcouncil.org/projects/connections-through-culture-grants थप जानकारी तथा यस अघिका परियोजनाका बारेमा जानकारी लिन सकिने जनाइएको छ ।

ब्रिटिस काउन्सिलका बारेमाः
ब्रिटिस काउन्सिल बेलायतको अन्तर्राष्ट्रिय सांस्कृतिक सम्बन्ध तथा शैक्षिक अवसर प्रवद्र्धन गर्ने संस्था हो । हामी बेलायत र विश्वभरका मानिसबीच सम्बन्ध, समझदारी र विश्वास निर्माण गरी शान्ति र समृद्धिमा सहयोग पु¥याउँछ । यी काम कला, संस्कृति, शिक्षा र अंग्रेजी भाषामार्फत गरिन्छ । विश्वका २०० भन्दा बढी देश र क्षेत्रमा काम हुने गरेको छ भने १०० भन्दा बढी देशमा काउन्सिलकाृ भौतिक उपस्थिति छ । सन् २०२२–२३ मा ६० करोड मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सेवा प्रवाह भइरहेको छ ।

 

 

 

You might also like

Comments are closed.