काठमाडौं । बिएसटी कलेजले एसईई दिएर बसेका विद्यार्थीहरुका लागि ‘बिएसटी एसईई कप’ फुटसल आयोजना गरेको छ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितमा ३८ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ।
विद्यार्थीको लागि विभिन्न स्किमहरु राखेर प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितमा प्रथम हुने टिमले कक्षा ११ मा अध्ययन गर्नका लागि शतप्रतिशत छात्रवृत्ति पाउने छन्र । त्यसैगरी दोस्रो हुने टिमले ७५ प्रतिशत छात्रवृत्तिसहित नगद पुरस्कार, मेडल र सर्टिफिकेट प्राप्त गर्नेछन् ।
तेस्रो हुनेले ५० प्रतिशत छात्रवृत्ति, नगद पुरस्कार, मेडल र सर्टिफिकेट प्राप्त गर्ने कलेजका प्रधानध्यापक देवेन्द्रप्रसाद हडखलेले जानकारी दिए ।
विद्यार्थीहरु शारीरिकरुपमा स्वस्थ रहन सक्यो भने मात्रै मानसिकरुपमा पनि स्वस्थ रहने हुँदा उनिहरुको स्वास्थको ख्याल गरेर उक्त प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।
Comments are closed.