बिएसटी कलेजको ‘एसईई बास्केटबल प्रतियोगिता’ सम्पन्न

काठमाडौं । एसईई दिएर बसेका विद्यार्थीहरुका लागि बिएसटी कलेजले आयोजना गरेको ‘एसईई बास्केटबल प्रतियोगिता’ सम्पन्न भएको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा विभिन्न कलेजका ३२ टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा जेनिथ ए टीम प्रथम भएको छ । प्रथम टीमले कलेजको कक्षा ११ मा अध्ययन गर्न शतप्रतिशत छात्रवृत्ति पाउने भएका छन् । साथै ५ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै, प्रतियोगितामा हृत दोस्रो टीम द्वितीय भएको छ । द्वितीय टीमलाई ७५ प्रतिशत छात्रवृत्तिसहित ४ हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

MANASLU

तृतिय हुने टीम मेकरले कक्षा ११ मा अध्ययन गर्न ५० छात्रवृत्ति, ३ हजार नगद, मेडल तथा प्रमाणपत्र पाएको कलेजका प्रिन्सिपल देवेन्द्रप्रसाद हडखलेले जानकारी दिए । साथै कलेजले छिट्टै नै एसईई दिएर बसेका विद्यार्थीहरुका लागि टिकटक प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा कलेजमा अध्ययनरत विद्यार्थी र एसईई दिएर बसेका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने कलेजका प्रिन्सिपल हडखलेले जनाकारी दिए । कलेजले विद्यार्थीहरुका लागि समय–समयमा विभिन्न प्रतियोगिताहरुको आयोजना गर्दै आएको छ ।

You might also like

Comments are closed.