विद्यार्थीको रोजाइमा बिएसटी कलेज

‘बिएसटीले छुट्टै पहिचान बनाएको छ, एकेडेमिक हवको रुपमा विकास भइरहेको छ’

वि.सं २०४८ सालमा गोंगबुमा स्थापना भएको विष्णुमती आवासीय मा.वि.तथा बिएसटी कलेज गत वर्षदेखि नयाँ व्यवस्थापनका साथ सञ्चालनमा रहेको छ । काठमाडौंको  गोंगबु एरियामा रहेर कलेजले मध्यम शुल्कमा विद्यार्थीहरुको करियरसँग सम्बन्धित रहेर धेरै विद्यार्थीहरुको करियरलाई बुस्ट गर्न एक्सरसाइज गरिरहेको छ । यहाँका फाउन्डर र शिक्षकहरुका कारण विद्यार्थीहरु सिक्ने र सिकाउने कुरामा निकै उत्सुक देखिन्छन् । कलेज छोटो समयमा धेरै विद्यार्थीको रोजाइ बन्न सफल भएको छ । यसैक्रममा कलेजको शैक्षिक, भौतिक तथा विद्यार्थीहरुको अध्ययनको विषयसंग सम्बन्धित रहेर आर्थिक आवाजका मीरा साउँदले कलेजका क्याम्पस चिफ देवेन्द्रप्रसाद हडखलेसंग  गरिएको कुराकानीः

बिएसटी कलेज नयाँ व्यवस्थापनबाट सञ्चालन भइरहेको छ । कस्तो रिजल्ट आइरहेको छ ?
विष्णुमती आवासीय मा.वि.वि.स.२०४८ सालमा गोंगबुमा स्थापना भएको शैक्षिक संस्था हो । विष्णुमती आवसीय मा.वि. २०६८ सालमा विद्यालय लेवलबाट अपग्रेट गरेर कलेज लेवलमा प्रवेश गरेको संस्था पनि हो । यसका साथै टोखा नगरपालिका वडा नं ९ मा रहेको एउटामा मात्रै प्लस टू र व्याचलर सञ्चालित कलेज पनि हो । स्थापनाकालदेखि नै यस विद्यालयले धेरै आरोह अवरोहहरु पार गर्दै २०७८ सालदेखि नयाँ व्यवस्थापनबाट संचालित भइरहेको छ । नयाँ म्यानेजमेन्ट एकदमै सानो र चुस्तदुरुस्त टीम र त्यो पनि विशेष गरेर एकेडेमिक व्यक्तिहरुबाट मात्रै संचालित संस्था पनि हो ।

हामीसंग जुन साथीहरु संचालकको रुपमा रहनुभएको छ उहाँहरुले बिगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अझ विशेषगरी प्राइभेट सेक्टरमा उल्लेखनिय योगदान गर्नु भएको छ । नयाँ म्यानेजमेन्टदेखि नै यो संस्थाप्रति विद्यार्थी तथा अभिभावकहरुको हामीमाथि विश्वास रहेको छ । यसको नतिजा स्वरुप हामीले पहिलो वर्षमा नै विद्यार्थीहरुको इन्टेक सोचेअनुसार नै बढाउन सकेका छौं ।

विद्यालय लेवलमा यो वर्ष मात्रै करिब सय जना विद्यार्थीहरु थपिएका छन् भने कलेजमा हामीले ११ मा अघिल्लो वर्ष ३ सय विद्यार्थीहरुको इन्टेक लिइसकेका छौं । यहाँको पठनपाठन, इसिए र सिसिए एक्टीभिटिजलाई अभिभावकहरुले मनन गरेका कारण विद्यालय र कलेज दुइटैले आफ्नो एउटा उचाईं लिइरहेको छ । उहाँहरु एकदमै खुसी हुनुहुन्छ र आगामी दिनहरुमा पनि उहाँहरुले यसैगरी सहयोग गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौं ।

बिएसटी कलेजले विद्यार्थीको कुन कुरालाई ध्यानमा राखेर अध्यापन गराइरहेको छ?
–पढाइ भनेको विद्यार्थीहरुको सर्वाङ्गीण विकास हो । शारीरिक र मानसिक दुवैरुपमा विद्यार्थीहरु तन्दुरुस्त रहनु पर्छ । सिकाइ भनेको सबैभन्दा गाह्रो विषय हो । सिक्नका लागि वातावरण चाहिन्छ । हामीले विशेषगरी विद्यार्थीहरुलाई सिकाइका क्रममा उनिहरुले जुन कुराको अभाव महसुस गरिराखेका छन् ती कुराहरुलाई मुख्यरुपमा लिएर अगाडि बढ्ने प्रयास गरेका छौं ।

हामीले विद्यालयका सम्पूर्ण कुराहरुलाई विशेष ध्यानमा राखेर सिकाइको प्रक्रियालाई अगाडि बढाएका छौं । पढाईका अलावा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा पनि बढी फोकस गरेको हुँदा विद्यार्थीहरुमा सिकाइप्रतिको उत्प्रेरणा जागेको छ । र, यो जागरुकपनले गर्दा उनिहरु पढाइप्रति पनि सचेत त छन् नै पढाइलगायतका अन्य कुराहरुमा पनि उनिहरुले सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । अतिरिक्त क्रियाकलाप सम्वन्धी विभिन्न प्रतियोगिता तथा गतिविधी संचालन गर्दै आइरहेका छौं जसले विद्यार्थीको थप प्रतिभा पहिचान तथा प्रष्फुटन गर्न सहयोग पुग्ने गरेको छ ।

हामीले शिक्षालाई जीवनसंग जोड्ने प्रयास गर्दछौं । स्कूल होस् या कलेज लेवल हामीले साइन्सका विद्यार्थीहरुलाई सैद्धान्तिक संगसंगै प्रयोगात्मक कक्षाहरुको राम्रो व्यवस्था गरेका छौं । देखाउने मात्रै नभएर हामीले विद्यार्थीहरुलाई आफै गर्नका लागि प्रेरित गर्छौं । यसले विद्यार्थीलाई सिकाइप्रतिको अभिप्रेरणा जागृत गराएको छ भने बुझ्ने कुरामा विकास भएको छ । हामी मात्रै होइन, सबै प्राइभेट संस्थाहरुले यो पद्धति फलो गर्नुपर्छ भन्ने हाम्रो बुझाइ पनि हो ।

हाल कलेजमा कुन–कुन संकायमा अध्यापन भइरहेको छ ?
विष्णुमती आवसीय मा.वि.मा नर्सरीदेखि लिएर हामीले व्याचलर लेवलसम्मको पढाइ संचालन गरेका छौं । विशेषगरी अहिले एसईई दिएर बस्नु भएका भाइबहिनीहरु एसईई पछाडि आफ्नो एउटा गन्तब्यमा जानका लागि विभिन्न खालका संघसंस्थाहरु, स्कूल, कलेजहरुप्रतिको उहाँहरुको मोविलिटी छ, त्यो अर्थमा बिएसटी कलेजको कक्षा ११ र १२ मा विज्ञान, मानविकी, व्यवस्थापन र कानुन विषयमा अध्यापन गराउदैं आएको छ । म्यानेजमेन्ट विषयमा हामीले विद्यार्थीका लागि सबै विषयहरुको अप्सनहरु खुल्ला गरेका छौं ।

म्यानेजमेन्ट यस्तो क्षेत्र हो जहाँ, विद्यार्थीले आफ्नो रोजाइअनुसारको विषयहरु पढ्न पाउछन् । हामीले म्यानेजमेन्ट विषयअन्तर्गत होटेल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, माउन्टेनियरिङलगायत विभिन्न विषयमा अध्यापन गराइरहेका छौं । त्यसैगरी साइन्समा पनि हामीले ११ कक्षादेखि नै विद्यार्थीहरुलाई फिजिकल ग्रुपमा कम्प्यूटर विषयको अध्यापन गराइरहेका छौं भने बायोलोजी ग्रुपमा बायोलोजी लिएर उनिहरुलाई अध्यापन गराएका छौं । यसर्थ, ११ कक्षामा भर्ना हुन चाहेका विद्यार्थीले आफूले चाहेका जुनसुकै विषयहरु पनि बिएसटी कलेजमा पढ्न सक्छन् ।

हाल कलेजमा कति विद्यार्थी अध्ययनरत छन् ?
गत वर्ष हामीले विज्ञान विषयमा ८० जना विद्यार्थीलाई दुईवटा सेक्सनका रुपमा लिएका थियौं भने, म्यानेजमेन्ट विषयमा विद्यार्थीको पाँचवटा समूह बनाएर पढाएका थियौं । यस वर्ष भने हामी त्यसलाई दोब्बर बनाउने तयारीमा छौं । यस वर्ष साइन्समा १६० जना विद्यार्थीको चार वटा समूह, म्यानेजमेन्टमा ८ समूहमा भर्ना गर्ने हाम्रो उद्देश्य छ ।

विद्यार्थीहरुका लागि विद्यालयमा अध्ययन गर्ने वातावरण कस्तो छ ?
काठमाडौंको मुटुमा रहेको गोंगबु एरिया, जहाँ वरिपरि ठूल्ठूला मलहरु छन् । तर, बिचमा एकदमै शान्तरुपमा बगेको समुन्द्र जस्तै हो बिएसटी । वातावरणको दृष्टिकोणले पनि हामीसंग एकदमै शान्त वातावरण छ । त्योभन्दा ठूलो कुरा हामीसंग सिक्ने सिकाउने वातावरण छ । हामीसंग शिक्षकहरुको समूह छ, उहाँहरु बिगत लामो समयदेखि कार्यरत हुनुहुन्छ । यहाँका फाउन्डर र शिक्षकहरुका कारण विद्यार्थीहरु सिक्ने र सिकाउने कुरामा एकदमै उत्सुक छन् । उनिहरुभित्रको जुन उत्प्रेरणा छ, त्यसले पनि उनिहरुले सिक्ने कुरामा अग्रसर भूमिका खेलेका छन् ।

पछिल्लो समय युवाहरु कुलतमा फस्दै गएको परिप्रेक्षमा कलेजले विद्यार्थीहरुलाई कुलतमा फस्न नदिन के गरिरहेको छ ?
पछिल्लो समय युवा पुस्तामा बढ्दै गएको कुलतको विषय घरदेखि नै जागरुक हुनुपर्ने विषय हो भन्ने मलाई लाग्छ । विद्यार्थीहरु एसईई पास गरेर जब कलेज प्रवेश गर्छन् । त्यसबेला उनिहरुलाई फरक खालको अनुभूति हुन्छ । पहिलो कुरा विद्यार्थीहरु विद्यालयको साघुरो घेरामा शिक्षकहरुको एकदमै प्रेसरमा रहेर जुन अध्ययन गरेका हुन्छन् त्यसपछि कलेजमा प्रवेश गर्ने बित्तिकै उनिहरुले एकखालको फ्रिडम भएको महसुस गर्छन् ।

अर्को कुरा अहिलेको पुस्तामा सिकाइप्रतिको अभिरुची एकदमै कम छ । त्यसको कारण हो अहिलेका अभिभावकहरुले आफ्ना बालबालिकालाई धेरै माया अनि यति धेरै सुख सुविधामा हुर्काएका हुन्छन् कि त्यो सुख सुविधाको बालबालिकाहरुले दुरुपयोग गरिरहेका हुन्छन् । एसईई पछिको फ्रिडम, साथीहरुको संगत र कलेजहरुले गरेको वेवास्ताका कारण विद्यार्थीहरु कुलतमा फसेका हुन्छन् । कुलत भन्नाले नसालु पद्धार्थ खानु मात्रै होइन, आधुनिक ग्याजेटसहरुप्रतिको लगाव पनि कुलत नै हो । जसलाई हामी डिजिटल सिक्नेस पनि भन्ने गर्दछौं । नसालु पद्धार्थले मात्रै होइन अहिले डिजिटल सिक्नेसले पनि उनिहरुलाई कुलतमा फसाएको छ ।

यदि हाम्रा बालबालिकाहरुलाई हामीले यो बानीहरुबाट टाढा बनाउन सकेनौ भने उनिहरुको जीवन सार्थक रहँदैन् । त्यसकारण विष्णुमती आवसीय मा.वि, बिएसटी कलेजको मुख्य भूमिका के हो भने स्कूल लेवलदेखि प्लस टू, ब्याच्लर लेवलसम्मै विद्यार्थीहरुलाई आवश्यक परामर्श हामीले दिने गरेका छौं । विद्यार्थीहरुको आवश्यकता अनुसार हामीले परामर्शहरु पनि दिने गरेका छौं । जसले गर्दा विद्यार्थीहरुमा एक खालको सचेनता विकास भएको छ । हामीले संचालन गर्ने परामर्शका कार्यक्रमहरु र शिक्षहरुको सक्रियताका कारण बिएसटीका विद्यार्थीहरु यो कुराबाट टाढा पनि छन् र हामी आगामी पुस्तालाई पनि यो सन्देश दिन चाहन्छौं ।

कलेजका आगामी योजनाहरु के-के छन् ?
हामीले आगामी दिनमा कलेजलाई उचाईँमा पुर्‍याउने र यसमा हुनसक्ने विभिन्न कार्यक्रमहरुको बारेमा कस्तो कार्यक्रम संचालन गर्न सकिन्छ, भन्ने कुरालाई लिएर हामीबीच छलफल भइरहेको छ । भएका कार्यक्रमहरुलाई प्रभावकारीरुपमा अघि बढाउने, प्लस टू मा भएका विद्यार्थीहरुलाई खुसीसाथ यहाँबाट जाने वातावरण बनाउने र ब्याचलर लेवलमा बिबिएस प्रोग्राम जुन हामीसँग अहिले रन भइरहेको छ, त्यो बाहेक बिबिएको प्रोग्राम थप्ने, बिएचएमको प्रोग्राम थप्ने, बिसिएको प्रोग्राम थप्ने र संगसंगै मास्टर डिग्रीको पढाइ सुरु गर्ने भन्ने योजनामा छौं । त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरु पनि थप्ने तयारी हामीले गरेका छौं । विष्णुमती आवसीय मा.वि, बिएसटी कलेज एकेडेमिक हवको रुपमा विकास भई आफ्नो छुट्टै पहिचान बनाउने छ ।

विद्यार्थीले बिएसटी कलेज किन रोज्ने ?
एसईई दिएर बस्नु भएका भाइबहिनीहरु जो राम्रो कलेजको खोजीमा हुनुहुन्छ, उहाँहरुका लागि बिएसटी कलेज राम्रो गन्तव्य हो । विष्णुमती आवसीय मा.वि, बिएसटी कलेज ग्रुप अफ एकेडेमिसियन शुद्ध शिक्षकहरुको समूह, त्यो पनि लामो समयसम्म प्राइभेट सेक्टरमा आफ्नो करियर बनाएर बस्नु भएका शिक्षकहरुको समूहबाट संचालित हो । जसमा विद्यार्थी र विद्यार्थीको करियर पहिलो कन्सर्नमा पर्ने गर्दछ । सस्तो शुल्क लिएर हामीले विद्यार्थीहरुको करियरसँग सम्बन्धित रहेर धेरै विद्यार्थीहरुको करियरलाई बुस्ट गर्नको लागि धेरै एक्सरसाइज गरिरहेका छौं । यदि बिएसटी कलेजमा तपाईहरु आउनु भयो भने तपाईले पछाडि फर्केर सोच्नुपर्दैन भनेर म तपाईहरुलाई यो सन्देश पनि दिन चाहन्छु ।

शिक्षा क्षेत्रमा आवद्ध हुनुहुन्छ, यस क्षेत्रमा लाग्ने सोच कसरी आयो ?
म तनहुँमा जन्मिएर, गाउँले परिवेशमा हर्किएको व्यक्ति हुँ । मैले सरकारी विद्यालयमा आफ्नो अध्ययन पूरा गरेको हुँ । उच्च शिक्षा पनि मैले सरकारी विश्वविद्यालयबाट नै पूरा गरेर काठमाडौंमा बिगत लामो समयदेखि संघर्ष गरेर यहाँसम्म आएको व्यक्ति हुँ । यहाँसम्म आइपुग्दा मैले काठमाडौंमा रहेका राम्रा संस्थाहरुमा काम गर्ने मौका पाए । र, मैले त्यो मौका र अनुभवलाई संगालेर आफ्ना प्राइभेट संस्थाहरुलाई यो उचाइसम्म पुर्‍याउने अवसर पनि पाए । मैले मेरो मास्टरर्सको अध्ययन सकिए पछि सेन्ट जेभियर्स कलेज माइतीघरमा लामो समय अध्यापन गराए । त्यो समयमा म भ्यालिभित्रका एकदमै राम्रा ‘ए’ लेवलका कलेजहरुमा आवद्ध भए ।

अध्यापनका विभिन्न अनुभवलाई संगालिसकेपछि विष्णुमती मा.वि.मा प्रवेश गरेको हो । मेरो जति पनि यात्रा छ, त्यो मेरो नितान्त प्राइभेट सेक्टरको यात्रा हो । अझै पनि यो क्षेत्रमा धेरै कुराहरु गर्न बाँकी छ र गर्न सकिन्छ भन्ने आँट बोकेर विष्णुमती आवसीय मा.वि.को प्रिन्सिपल र बिएसटी कलेजको क्याम्पस चिफको रुपमा विगत एक वर्षदेखि कार्यरत छु । विद्यार्थीलाई अध्यापन क्षेत्र मेरो रुचीको क्षेत्र पनि हो । नेपालको शैक्षिक क्षेत्रमा केही योगदना दिनसकु भन्ने सोचका साथ यस क्षेत्र रोजेको हुँ । यस क्षेत्रमा म सन्तुष्ट पनि छु । विद्यार्थी तथा अभिभावकले हामीप्रति गर्नुभएको विश्वास र मायाले पनि थप हौसला प्रदान गरेको छ ।

शैक्षिक क्षेत्रमा यहाँको लामो अनुभव छ । अध्यापन के हो यहाँको विचारमा ?
मेरो लागि अध्यापन भनेको मेरो खुसी हो । म स्कूलदेखि नै पढ्नमा पनि अब्बल विद्यार्थी मध्यकै एक हो । कलेज लाइफमा पनि म अब्बल विद्यार्थीका रुपमा नै गनिएको हो । युनिभर्सिटीको सेकेण्ड टपर विद्यार्थी पनि हो । मेरो रुची भनेको जहिले पनि अध्यापन नै रह्यो । यो अध्यापनले मलाई दिएको सबैभन्दा ठूलो कुरा भनेको मेरो खुसी हो । यो खुसीको कारणले गर्दा अहिले म जुन उचाईँमा छु, मैले जे कुरा गर्न गरेको छु, त्यो सबै मेरो सन्तुष्टीबाट नै प्राप्त भएको हो भन्ने मलाई लाग्छ । म जुनसुकै लेवलका बालबालिकासंग रमाउन एकदमै आतुर हुन्छु । सानो नर्सरीको बच्चाहरुदेखि लिएर ब्याचलरको बच्चाहरुसंग उत्तिकै खुसी साट्ने मान्छे हुँ । त्यसकारण पनि मैले यहाँबाट सन्तुष्ट छु ।

You might also like

Comments are closed.