नीति तथा कार्यक्रम : ८५ प्रतिशतलाई पूर्ण खोप प्रदान, स्वदेशमै खोप निर्माण गर्ने नीति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । संघीय संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले प्रस्तुत गरिरहेकी हुन् । सरकारले प्रत्येक वर्षको जेठ १५ गते भित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

सरकारले ८५ प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसकेको विवरण प्रस्तुत गरेको राष्ट्रपति भण्डारीले बताएकी छन् । उनले आवधिक निर्वाचनले लोकतन्त्रलाई जगैबाट बलियो बनाएको पनि बताइन्। ।

त्यस्तै, चालु आर्थिक वर्षको १० महिनामा ३२५ किलोमिटर सडक कालोपत्रे भएको सरकारले जनाएको छ। चालु आवको १० महिनामा १०० पुलको निर्माण भएको नीति तथा कार्यक्रममा समेटिएको छ। चालु आवसम्म १२ हजार ६०० हेक्टर जमीनमा सिँचाइ सुविधा पुगेको आगामी आर्थिक वर्षको कार्यक्रममा समेटिएको छ।

त्यस्तै, विद्यमान कर प्रणालीको नीति पुुनरावलोकन गरिने, बन्द रहेका उद्योग पुनः संचालनमा ल्याइने, गरिव तथा विपन्नलाई परिचय पत्र प्रदान गरिने, स्वदेशमै खोप निर्माण गर्ने नीति लिइने, कृषिमा सूचना प्रविधिको योजना बढाइने सरकारले नीति लिएको छ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.