काठमाडौं । सरकारले बन्द भएका उद्योगहरू पुनः सञ्चालन गर्ने भएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा सञ्चालनमा आएका तर बीचमा बन्द भएका उद्योगहरूलाई पुनः सञ्चालन गर्ने बताइन् ।
आर्थि विकास र गरिबी निवारणका लागि उद्यमशीलतामा प्रवर्द्धन गरिने उनले बताइन्। समान प्रकृति र उदेश्य भएका सहकारी कोषलाई एउटैमा गाभ्ने नीति पनि सरकारले लिएको छ ।
कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख आधार मान्दै आर्थिक वृद्धिलाई बलियो बनाइने पनि राष्ट्रपति भण्डारीले बताइन् ।
Comments are closed.