बाँझो जग्ग्गामा खेती गर्न प्रोत्साहन गरिने

 

काठमाडौं । सरकारले अर्गानिक खेतीलाई प्रोत्साहन गर्ने र बाँझो जग्गामा खेती गर्न प्रोत्साहन गर्ने भएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको २०७९र८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।

यस्तै, कृषि क्षेत्रको आधुनिकीकरण गरी आर्थिक वृद्धिमा यसको योगदान बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिने भएको छ। खाद्य वस्तुको उत्पादन तथा प्रशोधन लागत घटाउने नीति ल्याइने पनि घोषणा गरिएको छ। साथै, गुणस्तरिय वर्णशंकर बिउ उत्पादन गरी बिउ, बिजनमा आत्मनिर्भर हुने र स्थानीय बिउ उत्पादनमा जोड दिइने सरकारको योजना छ ।

त्यस्तै, सरकारले आगामी वर्ष थप २२ हजार २०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइने योजना छ । सिँचाइ सुविधा विस्तार गर्न ठूला तथा बहुउद्देश्य सिँचाइ आयोजनाको मूल एवं शाखा नहरको निर्माणकार्य, भेरी–बबई डाइभर्सनको हेडवर्कस तथा पावरहाउस र सुनकोसी-मरिन डाइर्भसनको निर्माण तीव्र रूपमा अघि बढाइने राष्ट्रपति भण्डारीले बताइन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.