नीति तथा कार्यक्रम : काठमाडौंको फुटपाथ विस्तार गरिने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना तयार गर्दै फुटपाथ विस्तार गर्ने भएको छ । आज संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले उपत्यकाको बाहिरी चक्रपथको निर्माणलाई अघि बढाउने बताइन् ।

शहरहरुमा फोहारमैलाको व्यवस्थिन गर्न स्थानीय तहसम्मको समन्वय गरिने सरकारको नीति छ । उपत्यकाका सडकलाई पैदलयात्री मैत्री बनाउन फुटपाथ विस्तार गरिने छ । यस्तै चक्रपथ बाहिर र अरनिको राजमार्ग क्षेत्रमा मेलम्ची खानेपानीको लागि पाइप विस्तार गरिने सरकारको योजना छ ।

त्यस्तै, सरकारले आगामी ५ वर्षभित्र पूर्व पश्चिम राजमार्गलाई ५ लेनको बनाउने लक्ष लिएको छ। सो सडकलाई एशियन हाइवेका रुपमा विकास गर्ने लक्ष्य लिइएको हो।

यस्तै काठमाडौं तराई द्रुतमार्गको निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आगामी वर्ष ८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य सरकारको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.