काठमाडौं । सरकारले राज्यका आधारभूत तहमा महिला र दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने भएको छ । आज संघीय संसद्को संयुक्त बैठकमा सरकारको २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् । त्यस्तै, सरकारले दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार कार्यलाई थप प्रभावकारी बनाउने भएको छ ।
साथै यौनिक अल्पसंख्यकविरुद्ध हुने सबै विभेद अन्त्य गर्ने सरकारले घोषणा गरेको छ। हिंसापीडितको तत्काल उद्धार र पुनःस्थापना, उनीहरूलाई परिवारमा पुनःस्थापना गर्ने र आर्थिक आम्दानीको उपाय अवलम्बन गरिने सरकारले घोषणा गरेको छ।
त्यस्तै, सरकारले प्रत्येक प्रदेशमा कम्तीमा दुइवटा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको छ। सुदूरपश्चिम विविसँगको सहकार्यमा डडेल्लधुरामा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको तयारी छ ।
Comments are closed.