पोखरा । पोखराको बुद्ध विशाल बजार व्यापारिक एसोसियसनले नेपालीहरुका चाडपर्व दसैं तिहारलाई लक्षित गरेर ल्याएको ‘दसैं तिहार उपहारै उपहारको बहार’ उपहार योजना अन्तर्गत अन्तिम पुरस्कार विजेताहरु छनोट गरेको छ।
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको गेट अगाडि एक कार्यक्रमको आयोजना गरी पुरस्कार विजेताहरू छनोट गरिएको हो। पहिलो पुरस्कार डियो स्कुटर बिजेता टिकट नम्वर ४३१२५ रहेको छ भने दोस्रो पुरस्कार स्मार्ट टिभी विजेता टिकट नम्बर ६१७८० रहेको छ ।
अन्तिम तथा तेस्रो पुरस्कार विजता स्मार्ट फोन विजेता टिकट नम्बरहरू ८२९७६,१९९१३,६०८१७ रहेका छन्। एसोसिएसनका अध्यक्ष केशवबहादुर खत्रीले उपहार कार्यक्रममा प्रथम पुरस्कार स्कुटर, दोस्रो उपहार ४३ इन्चको स्मार्ट टेलिभिजन र तृतीय पुरस्कार स्मार्ट फोन १५ हजार बराबरको ३ जनालाई प्रदान गरिने बताउदै विजेता टिकट नम्बरहरू घोषणा गरेका थिए ।
कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका अध्यक्ष केशवबहादुर खत्रीले ग्राहकहरूलाई बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनभित्रका कुनै पनि पसलबाट ५ सयको समान खरिद गर्दा एउटा उपहार कुपन र १५ सय भन्दा बढीको खरिद गर्दा २ वटा उपहार कुपन निःशुल्क उपलब्ध गराइएको बताए ।
यस अगाडि साउन महिनाबाट एसोसियसनले मासिक विशेष उपहार अन्तरगत सपिङ भौचर ५ हजार बराबरको ४ जनालाई लक्की ड्रमार्फत् उपलब्ध गराउदै आएको बताए।
संस्थाका कोषाध्यक्ष तथा उपहार कार्यक्रमका संयोजक थमनसिंह गुरुङले उपहार कार्यक्रम साउन १ गतेदेखि पाँच महिनासम्म सञ्चालन भएको र चाडपर्वका अवसरमा विगतदेखि नै विभिन्न उपहार योजनामार्फत ग्राहक आकर्षित गर्दै आएको एसोसिएसनले यस वर्ष धेरै भन्दा धेरै ग्राहकलाई समेटन ‘दसैं तिहार उपहारै उपहारको बहार’ उपहार योजना ल्याएको बताए ।
बुद्ध विशाल बजारभित्र करिब दुईसय सटरमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, वित्तीय संस्था, रेष्टुरेन्ट, सारी तथा कुर्तालगायतका पसल सञ्चालनमा आएको एसोसिएसनका महासचिव बुद्धिबहादुर कुँवरले बताए ।








Comments are closed.