अटोमोबाइल लगायत विविध क्षेत्रमा लगानी गर्दै आइरहेको अटोवेज प्रालिले नेपालमा बुल मेसिनको आयात गरी देशभर बिक्री वितरण गर्दै आइरहेको छ ।’BULL HD 96 – Built for Toughness’ नारासहित बजारमा आएको यस मेसिनले नेपाली कन्स्ट्रक्सन र हेभी इक्विपमेन्ट क्षेत्रमा नयाँ ऊर्जा भरेको छ ।
बुल एजडी ९६ सहज, आरामदायी र सुरक्षित मेसिन मानिन्छ । बढी बकेट ब्रेकआउट फोर्ससहित उपलब्ध यो मेसिन टिकाउ र बलियो प्रदर्शनका लागि विश्व प्रशिद्ध छ । भारी काम सजिलै गर्न सक्ने यो मेसिनले समय र लागत दुवैको बचत गर्न योगदान गर्छ । कम खर्चमा बढी कार्यक्षमता यो मेसिनको विशेषता हो ।
बुल ब्राण्ड ६३ वर्ष पुरानो एभी ग्रुप अन्तर्गतको कम्पनी हो । बुल आज भारतमा आफ्नो सेग्मेन्टको अग्रणी लोडर र ब्याकहो कम्पनीका रूपमा स्थापित छ । कम्पनीले हुन्डाई र डेभलनलाई मेसिन सप्लाई पनि सुरु गरिसकेको छ । ६८ भन्दा बढी देशमा यो मेसिन बिक्री हुँदै आइरहेको छ ।
हालसम्म विश्वभर ३० हजारभन्दा बढी बुल मेसिन सञ्चालनमा छन् । यसलाई भारतको ‘विज्ञान तथा प्रविधि मन्त्रालय’ले इन–हाउस आर एण्ड डी कम्पनीको मान्यता दिएको छ । कम्पनीले आधुनिक प्रणाली ‘SAP’ र ‘CRM’ प्रयोग गरेर सेवा प्रवाह गर्दै आएको छ । बुलका दुई अत्याधुनिक उत्पादन कारखानाले वार्षिक ६ हजारभन्दा बढी Productivity Vehicles उत्पादन गर्ने क्षमता राख्छन् । साथै, भारतमा ६०० भन्दा बढी ब्राञ्चमार्फत विश्वव्यापी बिक्री र सेवा सञ्जाल सञ्चालनमा छ ।
नेपालमा थप लोकप्रिय हुँदै
नेपालमा अटोवेज ग्रुपमार्फत यो मेसिन बिक्री हुँदै आइरहेको छ । नेपालमा ग्राहकलाई सहज बिक्री र उत्कृष्ट सेवा उपलब्ध गराउन कम्पनी सफल रहेको अटोवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत सन्ध्या पौडेल बताउँछिन् । ‘दक्ष प्राविधिक टोली र बलियो वितरण सञ्जालमार्फत बुल मेसिनलाई अझ प्रभावकारी बनाउन कम्पनी निरन्तर अग्रसर छ,’ उनले भनिन् ।
छोटो समयमा नै यो मेसिन नेपालमा लोकप्रिय भएको कम्पनीको भनाइ छ । नेपालमा सातै प्रदेशमा कम्पनीले ब्राञ्च विस्तार गरिसकेको छ । गत वर्ष यो सेगमेन्टमा बुलको मार्केट सेयर १३ प्रतिशत पुगेको छ । त्यस्तै ब्याकहो लोडर आयातमा बुलले नेपालमा दोस्रो स्थान ओगट्न सफल भइसकेको छ ।
ब्याकहो मात्र नभएर लोडर पनि भएकाले निर्माण उद्योगमा बुल मेसिन दिनप्रतिदिन लोकप्रिय बन्दै गइरहेको पौडेलको भनाइ छ । पोखराको नयाँबजारमा प्रधान कार्यालय रहेको अटोवेज ग्रुपको कर्पोरेट कार्यालय ललितपुरको धोबीघाटमा छ ।
उनी भन्छिन्, ‘हामीले बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै मेसिन बिक्री गरिरहेका छौं । अटोवेजबाट मेसिन खरिद गर्दा ढुक्क हुन सकिन्छ ।’ ग्राहकको विश्वास नै ग्रुपको सफलता रहेको बताउँदै सन्ध्याले भनिन्, ‘हाम्रा ग्राहकको सेवामा हामी सधैं सक्रिय छौं । ग्राहकलाई सन्तुष्ट बनाउन सक्नु नै हाम्रो सफलता हो ।’
Comments are closed.