विद्युतीय गाडी प्रवर्द्धन गर्न ‘बिवाइडी एटो ३ एसयूभी’ खरिद गरेँः हरिवंश

काठमाडौं । अग्रज कलाकार तथा सामाजिक अभियन्ता हरिवंश आचार्य विद्युतीय गाडी प्रवर्द्धन अभियानमा सक्रिय बनेका छन् । नेपालको विद्युत खपत बढाउन र वातावरण संरक्षणका लागि पनि विद्युतीय गाडी नेपालीहरुका लागि उपयुक्त रहेको आचार्यले बताए ।

बिवाइडी गाडीको ब्राण्ड एम्बेस्डरसमेत रहेका आचार्यले आफ्नो व्यक्तिगत प्रयोगका लागि समेत विद्युतीय गाडी खरिद गरेका छन् । यस अगाडि ८ वर्षसम्म चढेको गाडी एक्स्चेन्ज गरेर उनले ‘बिवाइडी एटो ३ एसयूभी’ खरिद गरेका हुन् । बिवाइडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले मंगलबार आचार्यलाई उक्त गाडी हस्तान्तरण गरेको छ ।

‘मैले पुरानो गाडी बिक्री गरी नयाँ गाडी खरिद गर्नुपर्ने अवस्था थियो,’ आचार्यले भने, ‘अब देश बिजुलीको युगमा प्रवेश गरेको छ । विद्युत प्राधिकरणको बिजुली वर्षामा खेर पनि गइरहन्छ । त्यही भएर गाडी पनि विद्युतीय खरिद गर्नुपर्छ भन्ने मान्यता राखेँ ।’ विद्युतीय गाडी चढ्दा थोरै भएपनि इन्धन खपत घट्ने र विद्युत खपत बढ्ने बताउँदै आचार्यले राज्यले पनि विद्युतीय सवारीलाई प्रवर्द्धन गर्नुपर्ने धारणा राखे ।

jutta mela

आचार्यको रोजाईमा किन पर्यो बिवाइडी
बिवाइडीबारे धेरै अध्ययन गरेर मात्रै आफूले गाडी खरिद गरेको आचार्य बताउँछन् । ‘विदेशमा जाने क्रममा त्यहाँका सडकमा धेरै बिवाइडी गाडी गुडिरहेको देखेँ । नेपालमा पनि यो गाडी लोकप्रिय बनिरहेको छ । यसका विशेषताहरु मलाई राम्रो लाग्यो,’ उनले भने ।

२ सय रुपैयाँमा गाडी फुल चार्ज गर्न सकिने र ३ दिनसम्म यात्रा गर्न सक्ने बताउँदै आचार्यले बिवाइडी चढेपछि इन्धनको धेरै मूल्य आफूले बचत गर्ने बताए । ‘देश तथा विदेशमा पनि बिवाइडीको राम्रो डिमान्ड छ । बिवाइडीको ब्याट्री पनि रिलायबल छ,’ उनले भने । गाडी लक्जरियस पनि भएकाले आफ्नो रोजाईमा परेको आचार्य बताउँछन् । ब्राण्ड एम्बेस्डर भएकाले गाडी खरिदमा केही छुटसमेत प्राप्त गरेको आचार्यले बताए ।

अग्रज कलाकार आचार्यले विद्युतीय गाडीलाई प्राथमिकता दिँदै बिवाइडी एटो ३ एसयूभी खरिद गरेकोमा नेपालका लागि बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका प्रवन्ध निर्देशक यमुना श्रेष्ठले आभार व्यक्त गरिन् । ‘बीवाइडीको एटो ३ एसयूभी छनोट गरी विद्युतीय साधनको प्रयोगमा लाग्न सबैलाई प्रेरित गर्नुभएको छ,’ उनले भनिन् ।

आचार्यले कलाकारिताबाट जसरी समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्, त्यसैगरी विद्युतीय गाडी आजको आवश्यकता भन्ने विषयलाई आम-जनमानसमा लैजान सहयोग गरेको कम्पनीको भनाई छ । बिवाइडी एटो ३ एसयूभीको मूल्य ९० लाख रुपैयाँ पर्छ ।

You might also like

Comments are closed.