बीवाईडीले गर्यो एक करोडको नयाँ उर्जा सवारीसाधन उत्पादन

काठमाडौं । बीवाईडीले ३०औं वार्षिकोत्सवको अवसरमा एक करोडको विश्वकै प्रमुख नयाँ उर्जा सवारीसाधन उत्पादन गरेको छ ।

नयाँ उर्जा सवारीसाधन र पावर ब्याट्री निर्माता बीवाईडीले वार्षिकोत्सवको अवसरमा आफ्नो एक करोडको नयाँ उर्जा सवारीसाधन गाडी सियाओमो उत्पादन केन्द्रको शेन्जेन–शानवेई विशेष क्षेत्रमा उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यो उपलब्धिले दिगो यातायातप्रतिको बीवाईडीको दृढ प्रतिबद्धता र अटोमोबाइल उद्योगमा विश्वव्यापी लीडरको रूपमा यसको स्थानलाई अझ बलियो बनाएको छ ।

कार्यक्रममा बीवाईडीका सभापति एवम्अध्यक्ष वाङ चुआनफुले २० जना कर्मचारीसहित सानो स्टार्टअपबाट सुरू भई आज विश्वभर लगभग १० लाख कर्मचारी भएका बहुराष्ट्रिय कम्पनीमा परिवर्तन भएको उल्लेख गरेका छन् । वाङले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बीवाईडीको महत्त्वपूर्ण भूमिका रहेको जनाए ।

एक करोड नयाँ उर्जा सवारीसाधन उत्पादनको उपलब्धि बीवाईडीको दिगो विकासप्रतिको दृढ प्रतिबद्धताको प्रमाण हो । यस उपलब्धिलाई हासिल गर्ने बीवाईडी विश्वकै पहिलो अटोमोबाइल कम्पनी बनेको छ । कम्पनीले पहिलो ५० लाख नयाँ उर्जा सवारीसाधन उत्पादन गर्न १५ वर्ष लगाएको तर त्यसपछिको अर्को ५० लाख उत्पादन मात्र १५ महिनामै गरी नयाँ उर्जा सवारीसाधन र प्राविधिक प्रगतिमा केन्द्रित रणनीतिक सफलताको उदाहरण उल्लेखनीय रूपमा प्रस्तुत गरेको छ ।

एक करोड गाडी, डेन्जा जेठनाईन्, गेम साइन्सका संस्थापक एवम्सीइओ तथा चर्चित खेल ‘ब्ल्याक मिथः वुकोंग’ का स्रष्टा फेङ जीलाई प्रदान गरियो । वाङले बीवाईडीको सफलता साहसी दृष्टिकोण, निरन्तर कार्यान्वयन, र अटल धैर्यतामा आधारित भएको बताए । उनले कम्पनीको उपलब्धिको श्रेय यसको बलियो प्राविधिक क्षमता र गहिरो रूपमा गडेको इन्जिनियरिङ कल्चर रहेको जानकारी दिए ।

बीवाईडीको संस्कृतिका बारेमा गहिरो जानकारी दिनका लागि, प्रसिद्ध चिनियाँ वित्तीय पत्रकार र लेखक, किन्सुओले १०० जना मध्यस्तरका र उच्च स्तरका कार्यकारी र कर्मचारीसँग अन्तर्वार्ता गरेका छन् । यी जानकारीहरू “द सोल अफ इन्जिनियरस” नामक पुस्तकमा संकलित गरिएको छ । वाङले बीवाईडीको रणनीतिक रोडम्याप प्रस्तुत गरेका छन् ।

यो एक विस्तृत दस्तावेजले कम्पनीको आधारभूत सिद्धान्त, ऐतिहासिक अनुभव र भविष्यमुखी रणनीतिहरू समेट्छ । यस संरचनाले आगामी वर्षमा बीवाईडीको निरन्तर वृद्धी र इनोभेसनलाई मार्गदर्शन गर्नेछ । आगामी योजनामा, बीवाईडीले अटोमोटिभ प्रणालीलाई एकीकृत गर्ने बौद्धिक प्रविधिमा १०० अर्ब युआनको लगानी गर्नेछ । जसले बीवाईडीको सम्पूर्ण सवारीसाधन श्रृंखलामा व्यापक सुधार ल्याउनेछ ।

यो प्रतिबद्धताले बीवाईडीलाई प्राविधिक प्रगति र नवप्रवर्तनमा अग्रणी राख्न सुनिश्चित गर्नेछ, जसले विश्व बजारमा प्रतिस्पर्धी बढ़त कायम राख्नेछ । इन्जिनियरिङ मनोभाव र दिगो विकासप्रतिको प्रतिबद्धतामा बीवाईडी विश्वस्तरीय उच्च प्राविधिक कम्पनीको रूपमा आफ्नो स्थान सुदृढ गर्न तयार रहेको छ ।

lcci
You might also like

Comments are closed.