साईमेक्स इन्कले गर्यो बिवाईडीको ३० औँ वार्षिकोत्सवमा एक सय युनिट विद्युत्तीय गाडी डेलिभरी

काठमाडौं । साईमेक्स इन्कले बिवाईडीको ३० औँ वार्षिकोत्सवको अवसरमा एक सय विद्युत्तीय गाडी डेलिभरी गर्न सफल भएको छ । एक करोड एनईभी विश्वव्यापी उत्पादनको अवसरमा एक सय विद्युत्तीय गाडी डेलिभरी गरी बिवाईडी र साईमेक्स इन्कले ठूलो उपलब्धि हासिल गरेको छ ।

यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउदै हरित भविष्यप्रतिको बिवाईडीको प्रतिबद्धता देखाएको छ । यस उपलब्धिले बिवाईडीको विश्वव्यापी अटोमोटिभ इंडस्ट्रीमा भएको क्रान्तिकारी नेतृत्व र नेपालमा यसको बढ्दो प्रभावलाई झल्काउँछ । वार्षिकोत्सवको अवसरमा एक सय विद्युतीय गाडी डेलिभरीले नेपालको दिगो यातायात समाधानप्रतिको रुचि र बिवाईडीको प्रविधिमाथि ग्राहकको विश्वास प्रस्ट्याउँछ ।

विश्वव्यापी रूपमा बिवाईडी १ करोड एनईभी उत्पादन गर्ने पहिलो गाडी निर्माता बनेको छ, जसले नवप्रवर्तन, दिगोपन र शून्य उत्सर्जनतर्फको भविष्यप्रतिको प्रतिबद्धता प्रमाणित गर्दछ । नेपालले हरित भविष्य अँगाल्दै गर्दा साईमेक्स इन्कले बिवाईडीका बिवाईडी अट्टो ३, बिवाईडी डल्फिन र बिवाईडी सील जस्ता आधुनिक मोडलहरू प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

यी गाडीमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्चस्तर र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकको रोजाइमा परेका छन् । “बिवाईडीको ३०औं वार्षिकोत्सवमा नेपालभर एक सय गाडी डेलिभरीको उपलब्धि हाम्रो लागि गर्वको क्षण हो, यो हाम्रो टोलीको मेहनत र ग्राहकको विश्वासको प्रमाण हो, संगसंगै हामी नेपालको दिगो यातायाततर्फ यात्राको गति बढाउन मद्धत गर्दछ” कम्पनीले बताएको छ ।

साईमेक्स इन्कका नेशनल सेल्स प्रमुख अशुतोष गौतमले बिवाईडी र साईमेक्सले यस महत्त्वपूर्ण उपलब्धि मनाउँदै नवप्रवर्तन, पूर्वाधार विस्तार र समुदाय–केन्द्रित पहलमार्फत नेपालमा हरित यातायातलाई अघि बढाउने प्रतिबद्धता देखाएको बताए । यो सफलता नेपालको दिगो विकास र सफा अनि हरित भविष्यको लक्ष्यहरू प्राप्त गर्ने उद्धेश्यको एउटा महत्त्वपूर्ण कदम रहेको उनी बताउँछन् ।

lcci
You might also like

Comments are closed.