साइमेक्सले ल्यायो ‘नेभर सिन फिस्कल इयर एण्डअफर’ योजना

काठमाडौं ।  बीवाइडी (BYD )अटो इन्डष्ट्रि कम्पनी प्रालि. को आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले “फिस्कल इयर एण्ड अफर” नामक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

जुन पहिले कुनैपनि EVमा देखिएको थिएन । यो अफर BYD All-New e6 मा लागू हुनेछ जसमा परिवर्तनकारी ब्लेड ब्याट्रिको सुविधा रहेको छ ।

जस अन्तर्गत, गिफ्ट ह्यामपर्स, क्यास डिस्काउन्ट एण्ड एक्सचेन्ज बोनस र आगामी आर्थिक वर्षको लागि फ्री रोड ट्याक्स पाइने छ, जुन मध्ये अझै बढी आकर्षित फ्री रोड ट्याक्स बन्न जान्छ किनकी यो अफर पहिले कहिल्यै पनि नेपाली बजारमा भित्रिएको छैन ।

jutta mela

सो अफर BYD All-New e6 को खरिदमा पाउन सकिन्छ जुन केवल आर्थिक वर्ष २०७८/७९ मा लागू हुनेछ । साइमेक्स इन्क प्रा. लि. ले EV लाई प्रोत्साहन गर्न र केही राम्रा परिवर्तनहरु ल्याउन यस्ता थुप्रै अफरहरु पहिले पनि नेपाली बजारमा भित्र्याएको छ, र अझैपनि भविष्यमा नयाँ आकर्षित अफरहरु ल्याउने वाचा गर्दछ ताकी EV प्रतिको माया नेपालीको मनमा सधैँ सधैँ बाँचिरहोस् ।

You might also like

Comments are closed.