काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरलाई उनीहरूको अभुतपूर्व योगदानका लागि सम्मानित गरिएको छ । नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिए वापत साइमेक्स इंक विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको छ ।
साइमेक्स इंकले अल ब्रान्ड टप सेल्स अवार्ड एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड, २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड, २०२४ र टप २० स्टोर अवार्ड प्राप्त गरेको छ । यसका साथै, बिक्री कार्यमा असाधारण उपलब्धिका साथ योगदान गरे वापत धेरै व्यक्तिलाई सम्मानित गरिएको छ । लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड प्राप्त गरेका छन् ।
नेपालमा बीवाईडीलाई सफल बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने डिलर नेटवर्कको उपलब्धिमा समेत साइमेक्स इंक सहभागी बन्यो । यस अनुसार बीवाईडीको दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वल्र्ड प्रा.लि. ले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड प्राप्त ग¥यो । चितवनको डिलर युरो अटो ग्रिन प्रालिले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड २०२४ र वीरगन्जको डिलर निरज अटोमोबाइल्स प्रालिले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड प्राप्त गरेका छन् ।
ईभी क्रान्तिमा नेतृत्व लिइरहेको अवस्थामा, आगामी दिनमा ग्राहकलाई नवप्रवर्तन र दिगो मोबिलिटी समाधान उपलब्ध गराउने कार्यमा प्रतिबद्ध रहेको साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले बताए । नेपाललाई अझै सफा र दिगो भविष्यतिर लैजाने कार्यका साथ अर्को वर्ष समेत अझै सफल हुने साइमेक्स इंकका सिनियर सेल्स अफिसर निराजन खनालले जानकारी दिए ।
Comments are closed.