बीवाईडीमा अब वारेन्टी परिमार्जन, थप वारेन्टी उपलब्ध

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले नेपालमा बिक्री भएका सबै बीवाईडी इलेक्ट्रिक भेइकल (ईभी) मा विस्तारित वारेन्टी नीति अर्थात् कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति लागु गर्ने घोषणा गरेको छ ।

ईभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क बन्नेछ । बीवाईडीका एड्भान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वास बढाउन कम्पनीले नयाँ वारेन्टी उपलब्ध गराउने भएको हो ।

सो वारेन्टी अन्तर्गत निम्न कभरेज उपलब्ध हुनेछन् :
ब्याट्री वारेन्टी – पहिले उपलब्ध ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टीलाई बढाएर १० वर्ष वा २ लाख किलोमिटर पु–याइएको छ । यो ईभी उद्योगकै सबैभन्दा लामो वारेन्टी कभरेज हो ।

मोटर वारेन्टी – ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा २ लाख किलोमिटर पु–याइएको छ । यसले हाम्रा मूल्यवान ग्राहकहरुमा लामो समय सम्म मानसिक शान्ति सुनिश्चत गर्नेछ ।

होल भेइकल वारेन्टी – लाइट, टायर प्रेसर मोनिटरिङ मोड्युल, सस्पेन्सन र बल ज्वाइन्ट लगायतका कम्पोनेन्टमा हाल उपलब्ध ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी बढाएर ५ वर्ष वा १ लाख २५ हजार किलोमिटर पुर्याइएको छ ।

जनरल भेइकल पाट्र्स वारेन्टी – अन्य कन्जुमेबल तथा आयल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटर लगायतका विभिन्न पाट्र्स वाहेकका सबै भेइकल पाट्र्समा रहेको ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टीलाई बढाएर ७.५ वर्ष वा १ लाख ८७ हजार ५ सय किलोमिटर पुर्याइएको छ ।

यो एक्सटेन्डेड वारेन्टी नीतिले बीवाईडी ईभीको टिकाउपना, राम्रो पर्फमेन्स र विश्वसनियताप्रतिको बलियो विश्वासलाई झल्काउँछ । साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले यो एक्सटेन्डेड वारेन्टीले बीवाईडीको अत्याधुनिक विद्युतीय सवारी प्रविधिप्रति विश्वास बढाउने बताए ।

नेपालभर रहेका १३ भन्दा बढी अत्याधुनिक सर्भिस सेन्टर तथा बढ्दो सेल्स र चार्जिङ नेटवर्कमार्फत बीवाईडीका ग्राहकले आफ्नो यात्राको क्रममा जहाँबाट पनि व्यापक सपोर्ट प्राप्त गर्न सकिनेछ ।

 

 

 

You might also like

Comments are closed.