काठमाडौं । नेपालको विद्युतीय गाडीको बजारमा बीवाईडी लिडिङ ब्राण्ड हो । यो गाडी देशभरको बजारमा लोकप्रिय बनिरहेको छ । यसैक्रममा बीवाईडीका लागि नेपालको आयातकर्ता साइमेक्स इंक प्रा.लि.ले देशभर आयोजना गरेको ‘मेगा एक्सचेन्ज क्याम्पेन’मा गाडी बुकिङ गर्नेको आकर्षण देखियो ।
यस अगाडि विभिन्न ब्राण्डका गाडी चढेकाले बीवाईडी एक्सचेन्ज गरे भने कतिपय ग्राहकले बीवाईडीबाट आफ्नो अटोमोटिभ यात्रामा इन्ट्री गरेका छन् । कम्पनीले वैशाख २४ देखि २७ गतेसम्म देशभरका विभिन्न शहरमा मेगा एक्सचेन्ज क्याम्प आयोजना गरेको थियो । मेला अवधीभर ३५० बढी बीवाईडी गाडी बुकिङ भएको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा उपलब्ध बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन वा बीवाईडी एम ६ गाडी बुकिङ भएका छन् । काठमाडौंको अम्रपाली बैंक्युटमा सबैभन्दा बढी १४० वटा बीवाईडी गाडी ४ दिनमा बुकिङ भएको जनाइएको छ । ‘नयाँ आर्थिक वर्ष आउन लागेको र ईभीको करमा समेत परिवर्तन हुने हल्ला चलिरहेको समयमा दिगो मोबिलिटीको क्षेत्रमा आफूलाई लैजान कार्यक्रम उपयुक्त थलो बन्यो,’ साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने ।
विभिन्न अफरसहित कम्पनीले घोषणा गरेको यो क्याम्पेनमा ग्राहकको आकर्षण देखिएको उनले जनाए । ‘ग्राहकको विश्वास अनुसार बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै हामीले सेवा प्रदान गरिरहेका छौं,’ उनले भने । काठमाडौं उपत्यकामा ललितपुरको सत्कार फाइन डाइन, पेप्सीकोलाको म्याजेस्टिक बैंक्वेट पेप्सीकोला, कोटेश्वर रोयल लाउन्ज बैंक्वेट एण्ड रेष्टुरेन्ट, सोल्टीमोडको ल्यान्डमार्क रिसेप्सन, सातदोबाटोको सेल्सबेरी, नक्सालको आम्रपाली बैंक्वेटमा एक्सचेन्ज क्याम्पेन आयोजना भएको थियो ।
उपत्यका बाहिर चितवनको बीवाईडी पार्क, बुटवलको भेल्भेट लक्स होटल, भैरहवाको बोधी रेडसन, नेपालगन्जको बीवाईडी नेपालगन्ज शोरुम, दाङको माला इन, धनगढीको होटल रुबस, विर्तामोडको टाइमलेस मोमेन्ट्स होटल, दमकको बीवाईडी शोरुम, इटहरीको बीवाईडी शोरुम, विराटनगरको बीवाईडी शोरुम, जनकपुरको बीवाईडी शोरुम, लहानको बीवाईडी शोरुम, वीरगन्जको बीवाईडी शोरुम, पोखराको रोयल महल बैंक्वेटमा कार्यक्रम भएको थियो ।
Comments are closed.