काठमाडौं । बीवाईडी ‘बीवाईडी सिलायन सेभेन’ अब नेपालमा १०० किलोवाटको रियर–व्हील ड्राइभ कन्फिगरेसनमा उपलब्ध भएको छ । जुन उच्च प्रदर्शन, आकर्षक डिजाइन र लामो दुरी क्षमताको लागि इन्जिनियरिङ गरिएको छ । यो मोडेल बीवाईडीको ओसियन सिरिजको हिस्सा हो ।
बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले बहुप्रतीक्षित ‘बीवाईडी सिलायन सेभेन’ सार्वजनिक गरेको छ । यो देशको प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा एक नयाँ साहसी प्रतिस्पर्धीको रूपमा आएको छ । एक विशेष कार्यक्रममार्फत गरिएको सार्वजनिक कार्यक्रममा बीवाईडीले नेपालमा यातायातको भविष्यलाई पुनः परिभाषित गर्ने आफ्नो प्रतिबद्धताप्रति अर्को महत्वपूर्ण कदम चालेको संकेत गरेको छ ।
खुद्रा मूल्य रू. ७४.९९ लाख र प्रारम्भिक अर्ली बर्ड मूल्य रू. ७२.९९ लाख (सीमित अवधिका लागि) रहेको छ । प्रारम्भिक चरणमा बुकिङ गर्ने ग्राहकले विशेष वारेन्टी प्याकेजको सुविधा पनि पाउनेछन् । ब्लेड ब्याट्री १० वर्षका लागि २ लाख किलोमिटर, इलेक्ट्रिक मोटर १० वर्ष १ लाख ८७ हजार ५०० किलोमिटर, पूरै सवारीसाधन ७ वर्षका लागि १ लाख ५० हजार किलोमिटर रहेको छ ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत महामहिम चेन सोङले उहाँले दिगो विकासको क्षेत्रमा चीन र नेपालको बढ्दो सहकार्यलाई उल्लेख गर्दै बीवाईडी सिलायन सेभेन जस्ता प्रविधिसम्पन्न विद्युतीय सवारीसाधनको प्रवेशले नेपालको विद्युतीय रूपान्तरणलाई अझ गति दिने विश्वास व्यक्त गरे ।
साइमेक्स इन्क प्रालिका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले दिगो यातायातको माग बढ्दै गर्दा सिलायन सेभेनले सार्थकता र आकर्षण दुबैका साथ विद्युतीय सवारीप्रतिको हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउने बताए ।
“बीवाईडी सिलायन सेभेनमा नवीनतम विद्युतीय प्रविधि, प्रिमियम स्तरको कम्फर्ट र नेपालको लागि तयार पारिएको इन्जिनियरिङबाट संयोजन गरिएको छ । १०० किलोवाट भेरियन्ट र आकर्षक प्रारम्भिक मूल्यसहित हामी नेपाली बजारमा अर्को एक महत्वपूर्ण मोडेल प्रस्तुत गर्न पाउँदा गर्व महसुस गरिरहेका छौं” उनले भने ।
सेल–टु–बडी इन्टीग्रेशनसहितको ब्लेड ब्याट्री, बीवाईडीको अत्याधुनिक ई–प्ल्याटफर्म ३.० मा निर्मित सिलायन सेभेन क्रान्तिकारी ब्लेड ब्याट्रीमा जडित छ । जुन विश्वव्यापी रूपमा यसको सुरक्षा, टिकाउपन, र नयाँ प्रविधिका लागि चर्चित छ । सेल–टु–बडी इन्टीग्रेशनमार्फत, ब्याट्री सवारीसाधनको संरचनाको अभिन्न भाग बन्छ । जसले इन्टीरियर र गाडीको सन्तुलन राम्रो बनाउने बिशेषता छ । ब्याट्री क्षमता ७१.८ किलोवाट पावर, डब्लुएलटीपी रेन्ज ४४० किलोमिटर क्षमता नै यसका नविनतम् बिशेषताहरु हुन् ।
सिलायन सेभेनमा १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ, । जुन ३८० न्युटन मिटर टर्क उत्पादन गर्न सक्षम छ । विश्व कीर्तिमान राख्ने २३ हजार आरपीएममा घुम्ने क्षमता राख्छ । यो उच्च गति मोटरले तिब्र एक्सेलेरेसन सुनिश्चित गर्दै बीवाईडीको इलेक्ट्रिक पावरट्रेन नवप्रवर्तनमा नेतृत्वलाई मजबुत बनाउँछ ।
डबल विशबोन फ्रन्ट सस्पेन्सन र मल्टि–लिंक रियर सस्पेन्सन भएको यो सवारीसाधनको सबै कुनामा फ्रिक्वेन्सी सेलेक्टिभ ड्याम्पिङ शक अब्जोर्बरहरू छन् । यस्तो प्रणालीले ड्राइभिङको समयमा सटीक नियन्त्रण प्रदान गर्दा नेपालका विविध सडक अवस्थामा उत्कृष्ट कम्फर्ट सुनिश्चित गर्छ । बीवाईडीका ग्लोबल डिजाइन निर्देशक वोल्फग्याङ एगरको नेतृत्वमा तयार पारिएको सिलायन सेभेनआफ्नो स्पोर्टी बनावट, दुई तहको वेस्टलाइन र कुप शैलीको फास्टब्याक रूफलाइनको लागि परिचित छ ।
प्रमुख डिजाइन विशेषताहरूमा सिग्नेचर ‘एक्स फेस’ फ्रन्ट फसिया, यु–आकारका एलईडी हेडल्याम्पहरू, छाल जस्तै बनावट, पछाडिको पूरै भाग ओगट्ने एलईडी लाइट बार रहेका छन् । आधुनिक चालकका लागि प्रविधिमैत्री इन्टेरियर सिलायन ७ को केबिन प्रिमियम कम्फर्ट र डिजिटल नवप्रवर्तनको उत्कृष्ट संयोजन हो । १५.६ इन्चको घुमाउन मिल्ने टचस्क्रिन डिस्प्ले, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एन्ड्रोइड अटो र एप्पल कारप्ले इन्ट्रीग्रेशन, इन्टेलिजेन्ट भ्वाइस कमाण्ड र क्लाइमेट कन्ट्रोल जस्ता प्रमुख इन्टेरियर विशेषताहरु हुन् ।
बीवाईडी सिलायन सेभेन सार्वजनिक भएसँगै साइमेक्स इन्कले नेपालमा विद्युतीय सवारीमा रूपान्तरणलाई तीव्र बनाउन आफ्नो अभियानलाई निरन्तरता दिइरहेको छ । नेपालको बजारमा साइमेक्सले ल्याएको छैठौं बीवाईडी मोडेलको रूपमा, सिलायन सेभेनले अत्याधुनिक प्रविधि, प्रिमियम कम्फर्ट, र उद्देश्यपूर्ण डिजाइनको संयोजन गर्दै नेपालको ईभी बजारमा आफुलाई एक प्रमुख फ्ल्यागशिपको रूपमा स्थापित गरेको छ ।
Comments are closed.