बीवाईडी इलेक्ट्रिक कार निर्माता कम्पनी बन्यो विश्वकै पहिलो ठूलो

काठमाडौं । बीवाईडी विश्वकै पहिलो ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी बनेको छ । निक्की एसियाको रिपोर्ट अनुसार सन् २०२२ को पहिलो ६ महिनाको अवधिमाबी वाईडीले ६ लाख ४१ हजार कार बिक्री गर्न सफल भएको छ । यस कम्पनीले ६ लाख ४१ हजार कार बिक्री गर्दा ३ सय प्रतिशत बृद्धिदर हासिल गर्न सफल भएको छ ।

त्यस्तै, एलन मस्कको विश्व प्रसिद्ध कार निर्माता कम्पनी टेस्ला इलेक्ट्रिक कार निर्माता कम्पनीको रुपमा विश्वको दोस्रो स्थानमा ओर्लिएको छ । निक्की एसियाको रिपोर्ट अनुसार सन् २०२२ को पहिलो ६ महिनाको अवधिमा टेस्लाले ५ लाख ६४ हजार कार बिक्री गरेको छ ।

प्रसिद्ध अर्बपति वारेन बफेटको कम्पनी बर्कसायर हाथवेको समेत केही सेयर भएको बीवाईडी ईभी ब्याट्री उत्पादक कम्पनीको रुपमा समेत एलजीलाई पछि पार्दै दोस्रो स्थानमा रहेको छ ।

jutta mela

योअवधिमा बीवाईडीका धेरै कारखाना भएको स्थानमा लकडाउनले कम मात्र प्रभावित गरेको कारणले पनि बीवाईडीलाई सहज भएको बताइएको छ भने चीनमा टेस्लाका साथै लि अटो, एक्सपेङ र नियो लगायतका सांघाईमा अवस्थित ईभी मेकर कम्पनीलाई लकडाउनले प्रभावित गरेको थियो ।

टेस्लाले यो वर्ष धेरै कठिनाईको सामना गर्नु परिरहेको छ । टेस्लाको बर्लिन र अस्टिनमा रहेको गिगाफ्याक्ट्रिजमार्फत लकडाउनका कारण उत्पादन सहज भएन । यही वर्ष टेस्ला कारको मूल्य वृद्धि गरेको छ भने अटोपाइलट क्र्यासको वारेमा समेत अनुसन्धान भइरहेको छ भने अमेरिकाको संघीय कानुन उल्लंघनको वारेमा समेत कुरा उठ्ने गरेको छ ।

यद्यपि टेस्ला र बीवाईडीबीच कडा टक्कर रहेको रिपोटमा देख्न सकिन्छ ।

 

You might also like

Comments are closed.