काठमाडौं । बीवाइडीको चर्चित ह्याचव्याक कार डल्फिनको २०२६ मोडल अहिले परीक्षण भइरहेको छ । चीनको विभिन्न भूभागमा परीक्षण चलिरहेको नयाँ डल्फिन रियर ह्वील ड्राइभमा आउने चर्चा सुरु भएको हो ।
बीवाइडीले आधिकारीक रुपमा पुस्टी नगरेपनि सार्वजनिक भएको विभिन्न रिपोर्टका अनुसार २०२६ डल्फिन ह्याचव्याक कार रियर ह्वील ड्राइभमै उपलब्ध हुनेछ । साथै यसको रेन्ज पनि परिवर्तन हुनेछ । न्यू इनर्जी उत्पादनमा महारथ हासिल गर्दै गएको बीवाइडीले डल्फिनमा पहिलो पटक ‘सेल टु बडी’ टेक्नोलोजीको प्रयोग गर्नेछ । पछाडिको सस्पेन्सन पनि परिवर्तन गरेर ल्याउन लागेको डल्फिनको पर्फमेन्समा पनि ब्यापक सुधार आउने अनुमान गरिएको छ ।
अगाडि पनि अतिरिक्त स्टोरेको लागि फ्रन्ट फ्रङ्क उपलब्ध हुनेछ । कम्पनीले यसको मोटर पनि फेर्न लागेको हो । ठूलो मोटरसँगै इआरईभी भर्सनमा पनि डल्फिनलाई ल्याउने तयारीमा बीवाइडी रहेको देखिन्छ । अहिलेसम्म कुन साइजको ब्याट्रीमा डल्फिन आउँछ एकिन जानकारी बाहिर नआएपनि रेन्ज भने ५२० किलोमिटर आसपास रहने बताइएको छ ।
यसका दिइएको ब्याट्रीमा पनि ब्यापक सुधार गर्न लागिएको छ । बीवाइडीको २.० ब्लेड ब्याट्रीको चिसो स्थानमा हुने पर्फमेन्समा सुधार गर्न लागिएको छ । नयाँ २०२६ डल्फिनको ड्यासबोर्ड भने पहिलेकै जस्तो देखिएको छ । तर, डिआईलिंक ५.० सँगै क्वालकमको ८२९५ चिप यसमा प्रयोग हुनेछ ।
लेभल टु एडास फिचरको साथमा उपलब्ध हुने नयाँ डल्फिनको भ्वाइस कमाण्ड फिचर पनि उत्कृष्ट रहनेछ । यसले ०.८ सेकेन्डमै रेस्पोन्स गर्नेछ । परीक्षणको क्रममा छोपेको अवस्थामा देखिएपनि हेडलाइट, एयर इन्टेक र टेल लाइटमा परिवर्तन गरिएको छैन ।
नयाँ डल्फिनको साइज पनि पहिलेकै हुनेछ । यसको लम्बाइ ४२८० एमएम, चौडाइ १७७० एमएम र उचाइ १५७० एमएम हुनेछ । यसमा २७०० एमएम लामो ह्वीवेस पाउन सकिन्छ ।
Comments are closed.