काठमाडौं । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा लिले नयाँ ग्राहक केन्द्रित ‘०–५–१०’ अभियान सार्वजनिक गरेको छ। यो अभियान साइमेक्सको दीर्घकालीन मूल्य, विश्वसनीयता र मानसिक शान्तिप्रति समर्पित प्रतिबद्धताको प्रतिबिम्ब हो।
अत्यन्तै आकर्षक यस अफर अन्तर्गत, आगामी २०८१ साल वैशाख ३१ भित्र बीवाईडी गाडी बुक गर्ने ग्राहकले ५ वर्षसम्म शून्य सर्भिसिङ मूल्य ग्राहकले पाँच वर्षसम्म निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत सेवा प्राप्त गर्नेछन्। यस अन्तर्गत लेबर चार्ज, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्ट लगायतका कन्ज्युमेबल समावेश हुनेछ।
१० वर्ष वा २ लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टीस् प्रत्येक ग्राहकले गाडीको ब्याट्री तथा मोटरमा १० वर्ष वा २ लाख किलोमिटर (जुन पहिला पुग्छ) सम्मको विस्तारित वारेन्टी प्राप्त गर्नेछन्। ईभी उद्योगमा पाइने यो एकदमै उच्चस्तरीय वारेन्टी हो, जसले बीवाईडीको उत्पादनमाथिको विश्वासलाई झल्काउँछ।
यो अफर नेपालभर उपलब्ध सबै बीवाईडी मोडेलहरूमा लागू हुनेछ। अभियानबारे जानकारी दिँदै साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले बताए । “नयाँ वर्षको सुरुवातसँगै हामीले हाम्रा ग्राहकलाई कार मात्र नभई एक दशक लामो एस्योरेन्स र केयरको उत्सव प्रदान गर्न खोजेका हौं। ०–५–१० अभियान हाम्रो अफर मात्र होइन, स्वच्छ र दिगो इलेक्ट्रिक मोबिलिटीतर्फ नेपालको यात्राको लागि हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतीक पनि हो।”
यस अफरसम्बन्धी थप जानकारीका लागि ग्राहकले कुनै पनि अधिकृत बीवाईडी शोरुम वा नेपालभर संचालनमा रहेका डिस्प्ले इभेन्टहरूमा सम्पर्क गर्न सक्नेछन्।
Comments are closed.